सेयर बजारमा हरियाली, नौ अर्बको कारोबार 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २४ दशमलव ५० अङ्कले बढेर २६५७ दशमलव ७७ को विन्दुमा पुगेको छ । मङ्गलवार ३२५ कम्पनीका ९५ हजार ९७ पटकको कारोबारमा १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ […]

Jan 28, 2025 - 09:33
 0
सेयर बजारमा हरियाली, नौ अर्बको कारोबार 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २४ दशमलव ५० अङ्कले बढेर २६५७ दशमलव ७७ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३२५ कम्पनीका ९५ हजार ९७ पटकको कारोबारमा १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ रहेको छ ।

आज १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ वटै उपसमूहहरूमा हरियाली छाउँदा चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सप्तकोशी विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register