काठमाडौँमा ग्याँस विस्फोट, १४ जना घाइते 

काठमाडौँ । काठमाडौँमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । बिहीबार बिहान ९ बजे आसपासको समयमा कमलपोखरीमा ग्याँस सिलिण्डर विस्फोट भएको हो । ग्याँस विस्फोट हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने अन्यको अवस्था सामान्य भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरीका अनुसार कमलपोखरीस्थित सानदार […]

Feb 6, 2025 - 04:00
 0
काठमाडौँमा ग्याँस विस्फोट, १४ जना घाइते 

काठमाडौँ । काठमाडौँमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । बिहीबार बिहान ९ बजे आसपासको समयमा कमलपोखरीमा ग्याँस सिलिण्डर विस्फोट भएको हो । ग्याँस विस्फोट हुँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ११ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने अन्यको अवस्था सामान्य भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार कमलपोखरीस्थित सानदार मःम पसलमा रहेको ग्याँस सिलिण्डर पड्किएको हो । सिलिण्डर पड्किँदा घाइते हुनेमा पसलकै कामदारहरु रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था भने गम्भीर छ । 

ग्याँस विस्फोट हुँदा घाइते भएका पाँच जनालाई भने उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ । ग्याँक पड्किनु कारण भने अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register