ट्रकमा भेटिएको २५ करोडका मालिकविरुद्ध अदालतमा मुद्दा दायर, पक्राउको टुँगो छैन !  

काठमाडौँ । काठमाडौँको टोखास्थित झोर क्षेत्रमा ट्रकबाट बरामद गरिएको २५ करोड रुपैयाँ बराबरका डलर र युरोका मालिकविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले २५ करोडका मालिक ठहर गरेका नारायण पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।  उक्त मुद्दामा पक्राउ परेका ट्रक चालक कुसाङ लामा र पौडेललाई प्रतिवादी बनाइएको छ । […]

Apr 16, 2025 - 05:15
 0
ट्रकमा भेटिएको २५ करोडका मालिकविरुद्ध अदालतमा मुद्दा दायर, पक्राउको टुँगो छैन !  

काठमाडौँ । काठमाडौँको टोखास्थित झोर क्षेत्रमा ट्रकबाट बरामद गरिएको २५ करोड रुपैयाँ बराबरका डलर र युरोका मालिकविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले २५ करोडका मालिक ठहर गरेका नारायण पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । 

उक्त मुद्दामा पक्राउ परेका ट्रक चालक कुसाङ लामा र पौडेललाई प्रतिवादी बनाइएको छ । तर, प्रतिवादी बनाइएका पौडेल भने प्रहरीको फरार सूचीमा छन् । 

उनीहरुविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । विभागले गरेको अनुसन्धानबाट लामा भरिया र पौडेल मालिक भन्ने निष्कर्ष निकालेको छ । उनीहरुविरुद्ध विभागले २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो कायम गरेको छ । 

त्यस्तै, अदालतमा दायर गरेको मुद्दामा विभागले बरामद गरेको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित डलर तस्करीमा प्रयोग भएको ना ७ खा १६५२ नम्बरको कन्टेनर पनि जफत गर्न माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register