बेलायती राजकुमार ड्यूक अफ एडिनब्रा अन्तर्राष्ट्रिय अवार्डमा सहभागी

काठमाडौं । बेलायतका अधिराजकुमार एन्ड्रयुले ड्यूक अफ एडिनब्रा अन्तर्राष्ट्रिय अवार्डमा सहभागी भएका विभिन्न व्यक्तित्वहरुसँग भेट गरेका छन् । नेपालमा दश वर्षदेखि सञ्चालन हुँदै आएको यस अवार्डबाट जीवनपयोगी सीप र अनुभवहरू विकासमार्फत हालसम्म ६ हजारभन्दा बढी युवाहरू लाभान्वित भएका छन् । बेलायती दूतावासमा आयोजित एक कार्यक्रमका बीच अधिराजकुमार एन्ड्रयुले १९ जना नेपाली युवालाई गोल्ड अवार्ड प्रदान […]

Feb 6, 2025 - 05:24
 0
बेलायती राजकुमार ड्यूक अफ एडिनब्रा अन्तर्राष्ट्रिय अवार्डमा सहभागी

काठमाडौं । बेलायतका अधिराजकुमार एन्ड्रयुले ड्यूक अफ एडिनब्रा अन्तर्राष्ट्रिय अवार्डमा सहभागी भएका विभिन्न व्यक्तित्वहरुसँग भेट गरेका छन् ।

नेपालमा दश वर्षदेखि सञ्चालन हुँदै आएको यस अवार्डबाट जीवनपयोगी सीप र अनुभवहरू विकासमार्फत हालसम्म ६ हजारभन्दा बढी युवाहरू लाभान्वित भएका छन् ।

बेलायती दूतावासमा आयोजित एक कार्यक्रमका बीच अधिराजकुमार एन्ड्रयुले १९ जना नेपाली युवालाई गोल्ड अवार्ड प्रदान गरेका छन् ।

अधिराजकुमारले आफू सञ्चालक समितिको अध्यक्ष रहेको ड्यूक अफ एडिनब्रा इन्टरनेसनल अवार्ड फाउण्डेसनको आर्थिक सहायता प्राप्त उक्त कर्यक्रम्बता लाभान्वित विभिन्न पृष्ठभूमिका युवा सहभागीहरूलाई छुट्टा–छुट्टै भेट गरे, जसमा सरकारी विद्यालयका युवा, स्काउट, यसओयस बालग्राम, र सीमान्तकृत समुदायका व्यक्तिहरू थिए ।

पुरस्कार वितरण समारोहमा अधिराजकुमारले भने, “यस पुरस्कारअन्तर्गत स्वर्णपदक प्राप्त गर्न साहस, प्रतिबद्धता र दृढता चाहिन्छ र त्यसकारण तपाईंहरुले आफ्नो असाधारण उपलब्धिप्रति गर्व गर्नुपर्छ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register