माओवादीले अध्यादेशलाई के-के न हुँदैछ भनेर धुपबत्ती बाल्यो – एमाले प्रमुख सचेतक बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारले सदनमा पेश गर्न लागेका अध्यादेशहरू सहज ढंगले स्वीकृत हुने विश्वास व्यक्त गरेका छन् । सरकारले अध्यादेश ल्याउने र सदनबाट स्वीकृत गराउने विषयलाई सामान्य प्रक्रियाका रूपमा लिएको भन्दै यसलाई अनाश्यक रूपमा उचाल्ने काम भइरहेको बर्तौलाको भनाइ छ । ‘सरकारले अध्यादेश ल्याउने र सदनबाट स्वीकृत गराउने मिल्ने […]

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारले सदनमा पेश गर्न लागेका अध्यादेशहरू सहज ढंगले स्वीकृत हुने विश्वास व्यक्त गरेका छन् । सरकारले अध्यादेश ल्याउने र सदनबाट स्वीकृत गराउने विषयलाई सामान्य प्रक्रियाका रूपमा लिएको भन्दै यसलाई अनाश्यक रूपमा उचाल्ने काम भइरहेको बर्तौलाको भनाइ छ ।
‘सरकारले अध्यादेश ल्याउने र सदनबाट स्वीकृत गराउने मिल्ने संसदीय प्रकिया नै हो । सरकारले त्यसैअनुसार गरिरहेको छ । यो सहजै पारित हुन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ प्रमुख सचेतक बर्तौलाले नेपालभ्युजसँग भने, ‘तर विपक्षीले यसलाई के-के न हुँदैछ भनेजस्तो गरिरहेको देखिन्छ । त्यसमा पनि माओवादीले अध्यादेशविरुद्ध के गर्न सकिन्छ भनेर धुपबत्ती बाल्दै हिँडेको छ ।’ प्रतिपक्षीले कुनै विषय नपाएपछि अध्यादेशको विषय उचालेको बर्तौलाको भनाइ छ ।
सत्ता पक्षले अध्यादेश पास गराउने कुरामा सबै सांसदलाई उपस्थित हुनुहोला भनेर सामान्य संसदीय औपचारिकता पूरा गर्ने काम मात्रै गरेको तर, प्रतिपक्षीले गठबन्धन नै बनाएर असफल पार्न लागेको बर्तौलाको टिप्पणी छ ।
आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ देखि माघ २ सम्म गरी ६ वटा अध्यादेश जारी गरेको थियो ।
What's Your Reaction?






