युक्रेनी सेनाको कब्जामा रहेका फुर्वा र शेर साम्बो शुक्रबार नेपाल आइपुग्दै

काठमाडौं । नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा परी युक्रेन पुगेका उनीहरूलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा उद्धार गरिएको हो । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले […]

Feb 6, 2025 - 07:09
 0
युक्रेनी सेनाको कब्जामा रहेका फुर्वा र शेर साम्बो शुक्रबार नेपाल आइपुग्दै

काठमाडौं । नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् ।

दलालको प्रलोभनमा परी युक्रेन पुगेका उनीहरूलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा उद्धार गरिएको हो । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले बुधबार माल्दोभामा छाडेको हो ।

अध्यक्ष केसीका अनुसार उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोभाबाट नेपाल फर्काउने व्यवस्था गरिएको छ । उनीहरू शुक्रबार दिउँसो काठमाडौं आइपुग्नेछन् ।

भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए । उनीहरू गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थुनिएका थिए ।

उद्धारमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष डा. केसीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register