आर्मीको गोलीबाट जङ्गली हात्ती मकुनाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आर्मीको गोली लागेर जङ्गली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जले दिएको जानकारीअनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र त्यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै […]

Feb 6, 2025 - 07:09
 0
आर्मीको गोलीबाट जङ्गली हात्ती मकुनाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आर्मीको गोली लागेर जङ्गली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जले दिएको जानकारीअनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र त्यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको निकुञ्जको भनाइ छ ।

‘बुधबार स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात फेला पारी घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड वार्निङ (चेतावनी) हवाइ फायर गरिएको थियो,’ निकुञ्जले विज्ञप्ति जारी गरेर भनेको छ ।

आत्मरक्षाका लागि २ राउन्ड ‘वार्निङ’ हवाई फायर गरेको र त्यसपछि पनि मकुना थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसादतर्फ आउँदा त्यहाँ सवार रेजर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्वीप टोलीले मकुनालाई ३ राउन्ड गोली प्रहार गरिएको थियो । त्यसपछि पनि हात्ती केही पर गएर फर्किएर आक्रमण गर्न थालेपछि अर्को एक राउन्ड गोली प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

मकुनालाई धपाउनका लागि ६ राउण्ड गोली फायर भएको थियो । गोली लागेपछि भागेको मकुनाको खोजी गर्दै जाँदा करिब १ किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थियो । तत्कालै उठाउन प्रयास गर्दा नउठेपछि दिउँसो साढे ३ बजेतिर पशु चिकित्सक सहितको प्राविधिक टोलीले मकुनालाई मृत घोषणा गरेको थियो । घटनास्थलमा मृत हात्तीको पोस्टमार्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको भेटिएको निकुञ्जद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मकुना मंसिर महिनादेखि सौराहा क्षेत्रमा थियो । त्यसलाई धपाउनका चितवन राष्ट्रिय निकुञ्जले दैनिक ५-६ वटा हात्ती सहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको थियो। मकुना चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा गत वर्ष पहिलो पटक आएको थियो ।

प्रेस विज्ञप्ति :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register