युद्धविराम सहमतिपछि इजरायल र हमासले के–के भने ?

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन् । हमासका मुख्य वार्ताकार खलील अल–हयाले युद्धका क्रममा गाजामा भएको पीडाका लागि आफूहरूले इजरायललाई माफ नगर्ने बताएका छन् । उनले इजरायल यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको पनि टिप्पणी गरेका छन् । […]

Jan 16, 2025 - 01:50
 0
युद्धविराम सहमतिपछि इजरायल र हमासले के–के भने ?

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन् ।

हमासका मुख्य वार्ताकार खलील अल–हयाले युद्धका क्रममा गाजामा भएको पीडाका लागि आफूहरूले इजरायललाई माफ नगर्ने बताएका छन् ।

उनले इजरायल यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको पनि टिप्पणी गरेका छन् ।

यता इजरायलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको वार्ता टोलीले यस सम्झौतालाई अन्तिम रूप दिनको प्रयासलाई समर्थन गर्ने बताएका छन् ।

उनले यसलाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाई आग्रह गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

‘इजरायली मन्त्रिपरिषद्ले मतदानमार्फत सम्झौता अनुमोदन गर्नुपर्छ,’ हर्जोगले भने ।

इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register