समयमै अधिवेशन सम्पन्न गर्न तल्लो कमिटीलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समयमै अधिवेशन सम्पन्न गर्न तल्लो तहका समितिलाई निर्देशन दिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले परिपत्रमार्फत समयमै अधिवेशन गर्न निर्देशन दिएका हुन् । प्रदेश, जिल्ला, पालिका र वडा तहलाई पत्र लेखेर समिति गठन, आवश्यक सङ्गठन निर्माण अभियान सञ्चालन र सङ्गठन परिपक्व बनाउँदै अधिवेशन गर्न बुर्लाकोटीको निर्देशन छ । रास्वपाले […]

Apr 28, 2025 - 10:02
 0
समयमै अधिवेशन सम्पन्न गर्न तल्लो कमिटीलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समयमै अधिवेशन सम्पन्न गर्न तल्लो तहका समितिलाई निर्देशन दिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले परिपत्रमार्फत समयमै अधिवेशन गर्न निर्देशन दिएका हुन् ।

प्रदेश, जिल्ला, पालिका र वडा तहलाई पत्र लेखेर समिति गठन, आवश्यक सङ्गठन निर्माण अभियान सञ्चालन र सङ्गठन परिपक्व बनाउँदै अधिवेशन गर्न बुर्लाकोटीको निर्देशन छ । रास्वपाले केन्द्रीय महाधिवेशन भने वैशाखबाट आगामी फागुनमा सारेको छ ।

नयाँ कार्यतालिका अनुसार  असोजसम्म वडा, कार्तिकमा पालिका, मंसिरमा जिल्ला, माघमा १५ प्रदेश अधिवेशनको समय तोकिएको बुर्लाकोटीले बताए ।

‘आफ्नो जिम्मेवारीमा रहेको तहगत अधिवेशन समयमा नै सम्पन्न गर्न सकिने कार्यतालिका बनाएर एक तहमाथि बुझाउने व्यवस्था गर्न गराउनु हुन, यो निर्देशन वडा तहसम्म सम्प्रेषण गराउन हुन र २०८२ वैशाख १५ गतेभित्र सबै प्रदेशको तर्फबाट प्रस्तावित तालिका तयार गरी केन्द्रीय संगठन विभागमा पठाउनु हुन निर्देशन गरिन्छ,’ पत्रमा उल्लेख छ ।

७१ जिल्लामा सङ्गठन विस्तार

रास्वपाले हालसम्म ७१ जिल्लामा पार्टी सङ्गठन विस्तार गरेको जनाएको छ । मनाङ, मुस्ताङ, डोल्पा र पूर्वी रुकुममा जिल्ला सम्पर्क व्यक्तिले पार्टी प्रतिनिधिको रूपमा कार्य गरिरहेको बुर्लाकोटीको भनाइ छ ।

पालिका तहमा  रास्वापका ४५८ कार्य समिति क्रियाशील छन् । बुर्लाकोटीका अनुसार करिब दुई हजार वडा समिति गठन भएको छ । रास्वपाले करिव आठ सय वडाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ ।

रास्वपाले २ चैतबाट पालिका अधिवेशनको थालनी गरेको थियो । हालसम्म १८ पालिकामा अधिवेशन गरेर निर्वाचित कार्यसमिति गठन भएको रास्वपाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register