कुन उमेरमा बच्चा जन्माउनु सबैभन्दा राम्रो ?

एजेन्सी । उमेर बढ्दै जाँदा महिला र पुरुष दुवैको प्रजनन क्षमतामा कमी आउँछ । पुरुषको तुलनामा महिलाको प्रजनन क्षमता एक उमेरपछि तीव्र रूपमा घट्छ । यही कारणले स्वास्थ्य विशेषज्ञले महिलालाई सही उमेरमा बच्चा जन्माउन सल्लाह दिन्छन्, जसले गर्दा गर्भावस्थामा कुनै समस्या नआओस् । आजभोलि महिला आफ्नो शिक्षा र करियरमा धेरै व्यस्त हुँदा ढिलो विवाह गर्छन् […]

Feb 6, 2025 - 12:12
 0
कुन उमेरमा बच्चा जन्माउनु सबैभन्दा राम्रो ?

एजेन्सी । उमेर बढ्दै जाँदा महिला र पुरुष दुवैको प्रजनन क्षमतामा कमी आउँछ । पुरुषको तुलनामा महिलाको प्रजनन क्षमता एक उमेरपछि तीव्र रूपमा घट्छ । यही कारणले स्वास्थ्य विशेषज्ञले महिलालाई सही उमेरमा बच्चा जन्माउन सल्लाह दिन्छन्, जसले गर्दा गर्भावस्थामा कुनै समस्या नआओस् ।

आजभोलि महिला आफ्नो शिक्षा र करियरमा धेरै व्यस्त हुँदा ढिलो विवाह गर्छन् । यही कारण उनीहरूका बच्चा पनि ३० वर्षको उमेर पछि जन्मन्छन् । यस्तो अवस्थामा यो प्रश्न उठ्छ, कि आखिर कुन उमेर आमा बन्नको लागि सबैभन्दा राम्रो हो ?

भारतको ग्रेटर नोयडास्थित को फोर्टिस अस्पतालकी स्त्रीरोग तथा आइभीएफ विशेषज्ञ डा. सोनाली गुप्ताका अनुसार महिलाको प्रजनन क्षमता २० देखि ३० वर्षसम्म सबैभन्दा बढी हुन्छ । यस उमेरमा महिलाले प्राकृतिक तरिकाले गर्भधारण गर्न सक्छन् । पहिलो बच्चा ३० वर्ष अघि नै जन्माइसक्नु पर्छ ।

२० देखि ३० वर्षको उमेरमा महिलाको शरीर सबैभन्दा स्वस्थ र जवान हुन्छ । यसका साथै प्रजनन क्षमता र प्रजनन स्वास्थ्य पनि उच्च बिन्दुमा हुन्छ । यस समयमा महिलाले उच्च गुणस्तरको डिम्ब उत्पादन गर्छन्, जसले गर्दा गर्भधारणको सम्भावना बढी हुन्छ र गर्भावस्थामा जोखिम पनि कम हुन्छ ।

महिलाले दोस्रो बच्चा ३५ वर्ष अघि जन्माइसक्नु पर्छ । ३५ वर्षको उमेरपछि महिलाको प्रजनन क्षमतामा तीव्र गिरावट आउन थाल्छ र गर्भधारणको सम्भावना निकै कम हुन्छ । ३५ वर्षपछि उच्च जोखिमयुक्त गर्भावस्था हुन्छ र यसमा गर्भपतनको खतरा पनि बढ्न सक्छ ।

विशेषज्ञकाअनुसार ४० वर्षपछि महिलाको गर्भवती हुने सम्भावना अत्यन्त कम हुन्छ । यस उमेरपछि गर्भवती हुनको लागि इन भिट्रो फर्टिलाइजेसन र अन्य उपचारको आवश्यकता पर्न सक्छ । यद्यपि, यसको सफलता दर पनि महिलाको स्वास्थ्यमा निर्भर गर्छ ।

४० को उमेर पछि महिला मात्र होइन, पुरुषको प्रजनन क्षमता पनि कम हुन्छ । आजकल करिब ६० प्रतिशत यस्ता घटना देखिएका छन्, जसमा ४० वर्षपछि महिला पुरुषको खराब शुक्राणु गुणस्तरका कारण गर्भवती हुन सकेका छैनन् ।

जुन महिलाले ३५–४० वर्षपछि गर्भावस्थाको योजना गर्न चाहन्छन्, उनीहरूले २०–३० वर्षको उमेरमा आफ्नो डिम्ब संरक्षण गर्न सक्छन् । यसबाट प्रजनन क्षमता संरक्षण हुन्छ भविष्यमा आमा बन्न सहज हुन्छ । पुरुषले पनि आफ्नो शुक्राणु फ्रिज गर्न सक्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register