एकैनासको रङ्गले सजिँदैछन् न्युरोडका घर (भिडिओ) 

काठमाडौं । न्युरोडको शुक्रपथका घर पछिल्लो समय धमाधम एकै प्रकारका रङ्गले सजिँदै छन् । शुक्रपथका घरलाई पुरातन शैलीमा फर्काउन वडाको समन्वयमा रङ्ग लगाउन थालिएको हो । केही समयअगाडिको अस्तव्यस्त न्युरोडको मुख्य क्षेत्र अहिले सफा देखिएको छ । लत्रिएका र झुन्डिएका तार भूमिगत गरिएको छ । घरमा एकैनासका रङ्ग लगाउने क्रम जारी छ । १९९० को […]

Feb 6, 2025 - 12:09
 0
एकैनासको रङ्गले सजिँदैछन् न्युरोडका घर (भिडिओ) 

काठमाडौं । न्युरोडको शुक्रपथका घर पछिल्लो समय धमाधम एकै प्रकारका रङ्गले सजिँदै छन् । शुक्रपथका घरलाई पुरातन शैलीमा फर्काउन वडाको समन्वयमा रङ्ग लगाउन थालिएको हो ।

केही समयअगाडिको अस्तव्यस्त न्युरोडको मुख्य क्षेत्र अहिले सफा देखिएको छ । लत्रिएका र झुन्डिएका तार भूमिगत गरिएको छ । घरमा एकैनासका रङ्ग लगाउने क्रम जारी छ ।

१९९० को शक्तिशाली भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरको अवधारणाअनुरूप न्युरोड क्षेत्रमा चार वटा पथ बनाइएको थियो ।

जसमध्ये काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा पर्ने शुक्रपथमा जुद्ध शमशेरकै अवधारणालाई अङ्गीकार गर्दै राणाकालीन रङ्गमा फर्काउन खोजिएको वडाअध्यक्ष विनोदकुमार राजभण्डारी बताउँछन् ।

उनकाअनुसार शुक्रपथमा ४६ घरधुरी छन् जसमध्ये ३२, ३३ वटा घरमा रङ्ग रोगनको काम सकिएको छ । अबका १५ दिनभित्र सबै काम सकिने वडाअध्यक्ष राजभण्डारीको आकलन छ ।

एकै खालको रङ्ग लगाउँदा महानगरले समन्वय गरिरहेको छ भने खर्च घरधनीले नै व्यहोरेका छन् ।

‘वडाले समन्वय मात्र गरेका हौँ, हामीले स्थानीयलाई एउटा बैठकमा बोलायौँ र योजना सुनायौँ । उहाँहरू सकारात्मक हुनुभयो । स्वतःस्फूर्त रूपमा आफ्नै खर्चमा रङ्ग लगाउन तयार हुनुभयो ।’ वडाध्यक्ष राजभण्डारीले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register