डिल्लीबजार कारागारबाट ५ घण्टापछि छुटे रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेको पाँच घण्टापछि रेशम रिहा भएका हुन् । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले अनाधिकृत रुपमा पठाएको पत्रका आधारमा पक्राउ परेका चौधरीलाई बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको […]

Apr 30, 2025 - 13:13
 0
डिल्लीबजार कारागारबाट ५ घण्टापछि छुटे रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेको पाँच घण्टापछि रेशम रिहा भएका हुन् ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले अनाधिकृत रुपमा पठाएको पत्रका आधारमा पक्राउ परेका चौधरीलाई बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको हो।

उनी छुट्ने भएपछि नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत डिल्लीबजार कारागार पुगेका थिए । सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो ।

र्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र पठाएको छ ।

सर्वोच्चका सह-रजिष्ट्रार अच्युत कुइँकेलले दुई वटा विज्ञप्ति जारी गर्दै यसअघि शाखा अधिकृत महिमानसिंह विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न भनि काटेको पत्र अनधिकृत भएकोसमेत स्पष्ट पारेका छन् ।

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणका कार्यक्रम भएकै दिन रेशम पक्राउ परेपछि उक्त कार्यक्रम समेत बिथोलिएको छ ।

 

 

रेशमलाई थुनामुक्त गर्न सर्वोच्चको पत्र, भन्यो – शाखा अधिकृतको पत्र आधिकारिक होइन

रेशमबारे सर्वोच्च प्रशासनको पत्र : फैसला हुँदै गर्छ, खाना दिएर कारागारमा राख्नू

पार्टी एकीकरण विथोल्न षड्यन्त्र गरेर रेशमलाई पक्राउ गरियो : सीके राउत

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register