नवनियुक्त शिक्षामन्त्रीको प्रतिबद्धता– वार्ताबाटै शिक्षकका समस्या समाधानको प्रयास गर्छु

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै शिक्षकहरूका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । शिक्षकहरूका माग आफूलाई थाहा भएको भएपनि अहिलेसम्म भएका प्रयासबारे जानकार नरहेको भन्दै मन्त्री पन्तले जानकारी लिएपछि मात्रै यस विषयमा बोल्ने बताए । उनले भने, ‘सबै विषयमा […]

Apr 25, 2025 - 03:57
 0
नवनियुक्त शिक्षामन्त्रीको प्रतिबद्धता– वार्ताबाटै शिक्षकका समस्या समाधानको प्रयास गर्छु

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै शिक्षकहरूका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

शिक्षकहरूका माग आफूलाई थाहा भएको भएपनि अहिलेसम्म भएका प्रयासबारे जानकार नरहेको भन्दै मन्त्री पन्तले जानकारी लिएपछि मात्रै यस विषयमा बोल्ने बताए ।

उनले भने, ‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन । राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन । अब बोल्ने भन्दापनि काम गर्ने ठाउँमा आएको छु । म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ । अहिले भन्ने त्यत्ति नै हो ।’

शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register