नीति निर्माणमा युवाले देखेको बाटो :  एकतावद्ध हस्तक्षेप

जनकपुर । जनकपुर साहित्य महोत्सव ६ औं संस्करणको दोस्रो दिन ‘नीतिमा युवाको चासो’ विषयमा छलफल भयो । नव मिथिला फाउण्डेशनको आयोजनामा राम मन्दिरको पार्कमा भइरहेको महोत्सवमा युवाले हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने वक्ताहरुले जोड दिए । प्रतिनिधिसभा सांसद निशा डाङ्गीले युवाहरूले अब हस्तक्षेपकारी भूमीका निर्वाह गर्नु जरुरी भएको विश्लेषण गरिन् । ‘राजनीतिमा युवाहरूलाई चुनौती छ । […]

Feb 7, 2025 - 13:30
 0
नीति निर्माणमा युवाले देखेको बाटो :  एकतावद्ध हस्तक्षेप

जनकपुर जनकपुर साहित्य महोत्सव ६ औं संस्करणको दोस्रो दिन ‘नीतिमा युवाको चासो’ विषयमा छलफल भयो ।

नव मिथिला फाउण्डेशनको आयोजनामा राम मन्दिरको पार्कमा भइरहेको महोत्सवमा युवाले हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने वक्ताहरुले जोड दिए ।

प्रतिनिधिसभा सांसद निशा डाङ्गीले युवाहरूले अब हस्तक्षेपकारी भूमीका निर्वाह गर्नु जरुरी भएको विश्लेषण गरिन् । ‘राजनीतिमा युवाहरूलाई चुनौती छ । म पढ्ने बेलाका राजनीतिज्ञहरू अहिले पनि प्रधानमन्त्री बन्ने दौडमा हुनुहुन्छ,’ उनले भनिन्, ‘चुनौती छ तर, अवसर पनि छ । एकतावद्ध भएर युवाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु जरुरी छ ।’

नीति निर्माणमा युवाको खाशै सहयोग नपाइएको भन्दै उनले विद्यालय स्त्तरदेखि शैक्षिक पाठ्यक्रममा नीति र राज्य सञ्चालनको समावेश गर्नुपर्ने धारणा राखिन् ।  समाजमा गलत भाष्य निमार्ण भइरहेको भन्दै राजनीति आफैंमा खराब वा फोहर खेल नभएको उनले प्रष्ट पारिन् ।

मधेश प्रदेशका सांसद तथा पुर्वराज्यमन्त्री रहबर अन्सारीले राजनीति फोहोर भए पनि युवाहरू मिलेर सफा गर्नुपर्ने विचार राखे । ‘राजनीति धेरै फोहर खेल हो । र, धेरै फोहरी खेलाडीहरु छन्,’ उनले भने, ‘फोहर हामी युवा मिलेर सफा गरौं ।’

युवा नेताले पार्टीकै सबै कुरा नमान्नु पर्ने धारणा उनले राखे । ‘हामी पार्टीको युवा नेता हो, दास होइनौं । सहीलाई सही र गल्तलाई गल्त भन्न सक्नुपर्छ,’ उनले भने । शिक्षा र उद्यमशिलतालाई प्राथमिकता दिँदै युवाले राज्यलाई खबरदारी गर्नुपर्ने उनको भनाई छ ।

युवा नेता अनिल महासेठले वर्तमान परिपेक्षमा सबै युवाले सामूहिक रूपमा एक्बद्धता जाहेर गरेर अगाडी बढ्नुपर्ने बताए । ‘विगतदेखि समस्या यथावत छ । प्रश्न ज्यूका त्यँही छन्,’ उनले भने, ‘अहिलेको पुष्ताले सहि मार्ग दर्शन गर्न सक्नु पर्छ ।’

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साहले युवा प्रतिनिधित्व बढ्को तर सम्मानजनक नभएको बताए । संदसमा पुगिसकेपछि दलभन्दा माथि उठेर युवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको तर्क छ । ‘नीति अवसरमा युवाले सम्मानजनक ठाउँ पाइकसकेको छैन् । युवा प्रतिभाले अवसर पाएपछि पूरा गरेको छ,’ उनले भने, ‘तर, राज्यले अवसर दिने संरचना बनाइसकेका छैन् । नीतिभन्दा पनि युवाप्रति राज्यको नियत ठिक छैन् ।’

युवा अभियन्ता वर्षा भण्डारीले राजनीतिमा केही गलत गर्ने व्यक्तिले युवा बदनाम भएको बताइन् । ‘सूचना प्रविधिले हामीलाई सहज भएको छ । तर, यसले सामाजिक दुरी बढायो,’उनले भने,‘अवसर देखाउने प्लेटफर्म पयौं । यसको सदुपयोग गर्नुपर्छ,’ उनले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register