चोरीको मोटरसाइकलसँगै लाखौंको भन्सार छलीको सामान बरामद

रौतहट।  जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतसमेतबाट खटिएको प्रहरी गस्ती टोलीले चेकिङ्गको क्रममा विभिन्न स्थानबाट लाखौंको भन्सार छलीको समानसँगै २ जनालाई पक्राउ गरेको छ। गौरबाट चोरी भएको भारतीय नम्बरको एउटा मोटरसाईकल ६ दिनपछि प्रहरीले बरामद गरेको हो ।  विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको ३ लाख ४१हजार […]

Feb 8, 2025 - 07:47
 0
चोरीको मोटरसाइकलसँगै लाखौंको भन्सार छलीको सामान बरामद

रौतहट।

 जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतसमेतबाट खटिएको प्रहरी गस्ती टोलीले चेकिङ्गको क्रममा विभिन्न स्थानबाट लाखौंको भन्सार छलीको समानसँगै २ जनालाई पक्राउ गरेको छ। गौरबाट चोरी भएको भारतीय नम्बरको एउटा मोटरसाईकल ६ दिनपछि प्रहरीले बरामद गरेको हो । 

विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको ३ लाख ४१हजार ४८५ रुपैयाँ बराबरको किराना, कपडा, कस्मेटिक, स्पेयर पार्ट, भाडाकुँडा, मोटरसाईकल २ थान र  २ जना तस्करलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

 बरामद सामान, मोटरसाईकल संगै दुवैजना तस्करलाई आवश्यक कारवाहीको लागि शुक्रवार गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ।

उता गौर बजार क्षेत्रबाट गत १७ गते चोरी भएको भारतीय नम्बर विआर ०५ एवाई ६८६३ को अपाचे मोटरसाईकल गौर नगरपालिका–८ पुरेनवाबाट प्रहरीले बरामद गरी सम्बन्धित धनीलाई बुझाएको सहप्रवक्ता उमाशंकर प्रसाद द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register