डब्लु थ्री वेव टेक्नोलोजी- बेलायतबाट नेपालीले दिंदैछन् संसारभर आइटी सेवा

लन्डन- बेलायतमा पछिल्ला वर्ष व्यापार व्यवसायतिर लागेका नेपाली उद्यमीको संख्या बढिरहेको छ । व्यवसाय वृद्धिसंगै केही नयांपन दिन पनि नेपालीको अग्रसरता देखिन्छ । त्यसैको उदाहरण हुन् महेन्द्र विक्रम कुंवर र केदार थपलिया । बेलायतको नेपाली समुदायमा आफ्नो बेग्लै पहिचान बनाउन सफल कुंवर र थपलियाले संयुक्त रुपमा चलाइरहेका छन् सफ्टवेयर डेभलप्मेन्ट कम्पनी ‘डब्लु थ्री वेव टेक्नोलोजी […]

May 12, 2025 - 11:55
 0
डब्लु थ्री वेव टेक्नोलोजी- बेलायतबाट नेपालीले दिंदैछन् संसारभर आइटी सेवा

लन्डन- बेलायतमा पछिल्ला वर्ष व्यापार व्यवसायतिर लागेका नेपाली उद्यमीको संख्या बढिरहेको छ । व्यवसाय वृद्धिसंगै केही नयांपन दिन पनि नेपालीको अग्रसरता देखिन्छ । त्यसैको उदाहरण हुन् महेन्द्र विक्रम कुंवर र केदार थपलिया ।

बेलायतको नेपाली समुदायमा आफ्नो बेग्लै पहिचान बनाउन सफल कुंवर र थपलियाले संयुक्त रुपमा चलाइरहेका छन् सफ्टवेयर डेभलप्मेन्ट कम्पनी ‘डब्लु थ्री वेव टेक्नोलोजी लि.।’

बेलायत, नेपाल, युरोप र अमेरिकामा करिब दुई दर्जन कर्मचारी राखेर कम्पनी सञ्चालन भइरहेको उनीहरुले बताए । यूके मुख्यालय भएपनि यसलाई विश्वव्यापी लैजाने सोच उनीहरुको छ ।

सन् २०१९ देखि शुरु उक्त कम्पनीले टिल सफ्टवेयर (इपिओएस), डब्लु थ्री टेबुल रिजर्भेसन सफ्टवेयर, अनलाइन अर्डरिङ सिस्टम, मोबाइल एप, कुनै पनि रेष्टुरेन्टको वेवसाइटमा गएर भ्वाइस कमाण्डमा सोध्दा जवाफ दिने ए आइ फिचर आदि बनाउने गर्छ ।

सोसल मिडिया, इमेल टेक्सट मार्केटिङ, विभिन्न संघसंस्थाका वेवसाइट र न्यूज पोर्टल निर्माण पनि गर्छन् उनीहरु । पेमेन्ट गेटवे इन्ट्रीगे्रसन लगायत इ कमर्स कम्प्लीट सोलुसन कम्पनीले दिइरहेको छ ।

विशेष गरि रेष्टुरेन्ट व्यवसाय उनीहरुको सफ्टवेयरबाट लाभान्वित छन् । कम्पनीका मार्केटिङ हेड थपलिया अहिलेसम्म एकसय बढी रेष्टुरेन्टलाई सेवा दिइसकेको बताउंछन् । नेपाली, इण्डियन नै बढी छन् ग्राहक । बेलायतबाहेक अष्ट्रेलिया, फ्रान्स, अमेरिकासम्मका क्लाइन्ट्सलाई सेवा दिइएको थपलियाले बताए ।

‘रेष्टुरेन्टका टिलमा धेरै लामो अनुभव लिएपछि तिनका अप्ठेरो राम्रोसंग बुझेर हामीले सजिलो सफ्टवेयर बनाउने सोच्यौं’, थपलिया भन्छन्, ‘हाम्रो इपिओएस टिल सफ्टवेयर चलाउन सजिलो र सस्तो छ । अर्डर आउने बित्तिकै अटो प्रिन्ट हुने सिस्टम छ । हामी आफैंले डेप्लप गर्ने भएपछि ग्राहकको चाहना अनुसार सिस्टम अपडेट गरिदिन्छौं । इपिओस मल्टी ल्यांग्वेज, मल्टी करेन्सीमा उपलब्ध हुन सक्छ । करिब ९९.९ प्रतिशत प्राविधिक समस्या छैन् । समस्या आए बनाइदिन्छौं । किस्ताबन्दीमा पनि पेमेन्ट गर्न सकिन्छ ।’

ग्राहकसंग सहज पेमेन्टका लागि पिओएस सिस्टमसंग कनेक्ट भएको कार्ड टर्मिनल पनि उपलब्ध गराउने थपलियाले जनाए ।

सञ्चालकद्धय थपलिया र कुंवर आइटी क्षेत्रमा एक दशकबढी समयदेखि आवद्ध छन् । ग्रीनवीच विश्वविद्यालयबाट आइटीमा ग्रयाजुएसन र सन्डरल्याण्डबाट एमबीए गरेका थपलिया नेपालमा इन्जिनियरिङ पृष्ठभूमिका हुन् । महेन्द्र कुंवरले नेपालमा बीएल गरे, प्रहरी सेवामा ९ वर्ष जागिर । बेलायत आएपछि आइटी डिप्लोमा (अनलाइन) गरेका उनी लगनशीलता, अथक प्रयास र परिश्रमले आइटी विज्ञ बने ।

सेवाग्राहीलाई विशेष के छ तपाईंसंग ? प्रश्नमा सिइओ कुंवर भन्छन्, ‘रेष्टुरेन्टको नेचर हेरेर हामीले मार्केटिंग बुस्ट पनि गर्ने गरेका छौं । अहिले ए आइले धेरै फड्को मारिसकेको अवस्थामा हामीले पनि ए आइ शुरु गरेका छौं । रेष्टुरेन्टमा कष्टमरले सोधेका कुरा भ्वाइस कमाण्डबाट भनिदिने सिस्टम हामी गर्छौं ।’

सिइओ कुंवर व्यापारमात्र होइन्, आफ्ना ग्राहकसंग व्यवसायिक निष्ठा (प्रोफेसनल इन्टीग्रिटी) पनि जोडिएको बताउंछन् । उनले विजनेशमा संघर्ष गरिरहेका रेष्टुरेन्टहरुलाई व्यापार प्रवर्धनमा सघाउन आफ्नो आइडिया समेत दिइने बताए । ‘कसरी विजनेश प्रमोट हुन सक्छ ? अर्डर कम भएको छ भने कुन च्यानलमार्फत बढ्न सक्छ त्यसमा सहयोग गर्न तयार छौं’, थपलियाले भने, ‘विभिन्न इभेन्टमा नोटिफिकेसन पठाएर आइडिया पनि सेयर गर्छौं ।’

थप जानकारीको लागि ‘डब्लु थ्री वेब टेक्नोलोजी‘ को आधिकारिक् वेबसाइटमा जान यो लिंकमा क्लिक गर्नुहोस्।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register