५० फिट गहिराइबाट सशस्त्रका गोताखोरले निकाले पोख्रेलको शव

काठमाडौं । भेरी नदीमा डुबेर बेपत्ता भएका सुर्खेतको सिम्ता गाउँपालिका–४ का गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेका छन् । सिम्ता गाउँपालिका–४ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बुधबार ५८ वर्षीय पोख्रेल डुबेर बेपत्ता भएका थिए । पोख्रेल डुबेर बेपत्ता भएपछि खोजीमा परिचालित भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको […]

Apr 24, 2025 - 11:11
 0
५० फिट गहिराइबाट सशस्त्रका गोताखोरले निकाले पोख्रेलको शव

काठमाडौं ।

भेरी नदीमा डुबेर बेपत्ता भएका सुर्खेतको सिम्ता गाउँपालिका–४ का गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेका छन् । सिम्ता गाउँपालिका–४ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बुधबार ५८ वर्षीय पोख्रेल डुबेर बेपत्ता भएका थिए ।

पोख्रेल डुबेर बेपत्ता भएपछि खोजीमा परिचालित भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोर टोलीले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव निकालेको हो ।

नदीमा डुबेर बेपत्ता भएको खबर पाएसँगै खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेश चिप्ले सुर्खेतबाट टोली परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

मलामी गएकाबेला पोख्रेल पौडी खेल्न नदीमा पसेका बेला बेपत्ता भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register