धर्म प्रचार आरोपको खण्डन गर्दै हरिवंश आचार्यले भने- ‘‘सत्य जान्न युट्युबमा भिडिओ हेर्नुस्’
काठमाडौं । कलाकार हरिवंश आचार्यले महसञ्चारले यूएसएडको सहयोगमा धर्म प्रचार गरेको भन्ने आरोपको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा सोसम्बन्धी समाचार भाइरल भएपछि उनले भिडिओ सार्वजनिक गर्दै ती दाबीहरू भ्रामक रहेको बताएका हुन् । शुक्रबार फेसबुकमा पोस्ट गरिएको भिडिओ क्लिपमा आचार्यले महसञ्चारले स्वास्थ्य, शिक्षा, द्वन्द्व व्यवस्थापन, वन संरक्षण, भ्रष्टाचार न्यूनीकरण, खानेपानी, सरसफाइ, निर्वाचन, संविधान निर्माणलगायत विभिन्न सामाजिक विषयमा जनचेतनामूलक टेलिचलचित्रहरू निर्माण गर्दै आएको जनाएका छन् । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले महसञ्चार...

What's Your Reaction?






