शङ्कर पोखरेलकाे टिप्पणी – अब वर्षमानजीसँग अनौपचारिक कुरा गर्न सचेत हुनुपर्ने भयो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अनौपचारिक रुपमा गरिएका कुरा बाहिर ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनप्रति आक्रोश पोखेका छन् । पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत् पुनसँग अब अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने टिप्पणी गरेका छन् । नेताहरूबीचमा शिष्टाचारबस हुने कुराकानीलाई उपमहासचिव ले एमाले महासचिवको याचना भनेर […]

Feb 9, 2025 - 05:39
 0
शङ्कर पोखरेलकाे टिप्पणी – अब वर्षमानजीसँग अनौपचारिक कुरा गर्न सचेत हुनुपर्ने भयो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अनौपचारिक रुपमा गरिएका कुरा बाहिर ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनप्रति आक्रोश पोखेका छन् ।

पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत् पुनसँग अब अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने टिप्पणी गरेका छन् ।

नेताहरूबीचमा शिष्टाचारबस हुने कुराकानीलाई उपमहासचिव ले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गरेको भन्दै पोखरेल आक्रोसित भएका हुन् ।

‘नेताहरूबीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो,’ उनले फेसबूकमा लेखेका छन्, ‘पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय–समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रुपमा कुरा गर्दछ । अनौपचारिक रुपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन ।’

आफूसँग पुनले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक रहेको पनि महासचिव पोखरेलले बताएका छन् । ‘उहाँले के उद्देश्यले त्यसो गर्नुभो स्पष्टै छ । तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुनेकुरा हो । जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । मसँग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ । तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिन,’ उनले भनेका छन् ।

एमाले महासचिव पोखरेलले पुनले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उनीसँग नभएर सिधै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फÞत् नै हुने स्पष्ट पारेका छन् ।

‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फÞत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै आएको छ । जस्तो संक्रमणकालीन न्यायको विषयमा,’ उनले स्पष्ट पारेका छन्, ‘जहाँसम्म वर्षमानजीलाई फोन गरेकै कारणले वलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता कार्यकर्ताको प्रचारबाजी वचकनापनबाहेक केही होइन । त्यस प्रकारको विचारप्रति सहानुभूति मात्र प्रकट गर्न सकिन्छ ।’

यसअघि शनिबार आयोजित एउटा कार्यक्रममा माओवाली केन्द्रका महासचिव पुनले एमालेले सरकारले ल्याएका अध्यादेश संसदबाट स्वीकृत गर्न आफ्नो दलसँग आग्रह गरेको दाबी गरेका थिए । एमाले महासचिव पोखरेलले आफूलाई टेलिफोन गरी अध्यादेशमा सहयोग खोजेको उनको भनाइ छ । पोखरेलले यसैको खण्डन गरेका हुन् ।

यस्तो छ शङ्कर पोखरेलको भनाइ :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register