व्यक्तिगत होइन, पार्टीको मिसन बनाऔँ : एनपी साउद
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एनपी साउदले व्यक्तिको नभइ पार्टीको मिसन बनाउनुपर्ने बताएका छन् । ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “पार्टीको आफ्नो मिसन बनाऔँ, व्यक्तिगत मिसन होइन । व्यक्तिमा नजाऔँ । अब हाम्रो पार्टी बहुमत ल्याउँछौँ भन्ने हिसाबले अगाडि बढ्नुपर्छ ।” हामीले ०८४ सम्म जनतालाई […]

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एनपी साउदले व्यक्तिको नभइ पार्टीको मिसन बनाउनुपर्ने बताएका छन् ।
‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “पार्टीको आफ्नो मिसन बनाऔँ, व्यक्तिगत मिसन होइन । व्यक्तिमा नजाऔँ । अब हाम्रो पार्टी बहुमत ल्याउँछौँ भन्ने हिसाबले अगाडि बढ्नुपर्छ ।”
हामीले ०८४ सम्म जनतालाई सुशासन दिन सक्छौँ भन्ने सन्देश दिनुपर्ने उनको भनाइ छ ।
पार्टी विभाजित भएको कारण बहुमत ल्याउन नसकेको सभापति शेरबहादुर देउवाको भनाइ उदृत गर्दै उनले भने, “सबै काङ्ग्रेस एक बनाउन सक्छौँ भन्ने तर्फ जानुपर्छ हामी ।”
What's Your Reaction?






