अमेरिकाले चीन र हङकङबाट पढ्न आउने विद्यार्थीको भिसा जाँच गर्ने

काठमाडौं । अमेरिकाले चीन र हङकङबाट पढ्न आउने विद्यार्थीहरूको भिसा जाँच गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्ने व्यक्तिहरूको पहिचान गरिनेछ ।” रुबियोले विज्ञप्तिमार्फत चीन र हङकङबाट भविष्यमा आउने भिसा आवेदकहरूको जाँचलाई अझ कडा बनाउन भिसा आवश्यकताहरू पनि परिमार्जन गरिने बताए । हालैका महिनाहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]

May 29, 2025 - 07:02
 0
अमेरिकाले चीन र हङकङबाट पढ्न आउने विद्यार्थीको भिसा जाँच गर्ने

काठमाडौं । अमेरिकाले चीन र हङकङबाट पढ्न आउने विद्यार्थीहरूको भिसा जाँच गर्ने भएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्ने व्यक्तिहरूको पहिचान गरिनेछ ।”

रुबियोले विज्ञप्तिमार्फत चीन र हङकङबाट भविष्यमा आउने भिसा आवेदकहरूको जाँचलाई अझ कडा बनाउन भिसा आवश्यकताहरू पनि परिमार्जन गरिने बताए ।

हालैका महिनाहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिका कारण चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बनेको छ।

यसअघि रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टहरू बन्द गर्न आदेश दिएका थिए । साथै, विदेश विभागले आवेदकहरूको सामाजिक सञ्जाल जाँचलाई तीव्र बनाउने तयारी गरिरहेको जनाएको छ ।

अनुमानअनुसार गत वर्ष लगभग २ लाख ८० हजारभन्दा बढी चिनियाँ विद्यार्थीहरू अमेरिकामा अध्ययन गरिरहेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register