भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा

काठमाण्डौ, २९ माघ । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई(–२०२४ मा नेपालले अघिल्लो वर्षभन्दा एक अङ्क सुधार गरेको हो । भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपालले एक सयमा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष नेपाल ३५ अङ्कका साथ [...] The post भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा appeared first on Jhapa Online.

Feb 11, 2025 - 08:10
 0
भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा

काठमाण्डौ, २९ माघ । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई(–२०२४ मा नेपालले अघिल्लो वर्षभन्दा एक अङ्क सुधार गरेको हो ।

भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपालले एक सयमा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष नेपाल ३५ अङ्कका साथ १०८औं स्थानमा थियो ।

विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानको ७२ अङ्क छ । दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान छ ।

भारत र माल्दिभ्सले समान ३८ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् ।

विश्वका एक सय ८० वटा देशलाई समेटेर तयार पारिएको प्रतिवेदनानुसार ९० अङ्कसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा छ । सुडान सबैभन्दा धेरै भ्रष्टाचार हुने देशको सूचीमा परेको छ ।

सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र शून्य अङ्कले अति भ्रष्टाचार जनाउने गरेको छ ।

The post भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register