जब क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो…

झापा, ६ फागुन । क्यानाडाको टोरन्टोमा ८० जना सवार एक विमान अवतरण गर्ने क्रममा पल्टिँदा १९ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ । मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार [...] The post जब क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो… appeared first on Jhapa Online.

Feb 18, 2025 - 02:37
 0
जब क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो…

झापा, ६ फागुन । क्यानाडाको टोरन्टोमा ८० जना सवार एक विमान अवतरण गर्ने क्रममा पल्टिँदा १९ जना घाइते भएका छन् ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ । मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो विमान स्थानीय समय अनुसार दिउँसो सभा २ बजे दुर्घटना भएको हो ।

दुर्घटना के कारणले भयो भन्ने स्पष्ट नभएपनि मौसमकै कारण हुन सक्ने अनुमान गरिएको छ । क्यानाडामा ६५ किलोमिटरको गतिमा हिउँ र हावा चलिरहेको र तापमान माइनस ८ दशमलव डिग्री सेल्सियस रहेको क्यानाडाको मौसम विज्ञान सेवाले जनाएको छ । क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले घटनालाई गम्भीर रुपमा नजिकबाट नियालिरहेको बताएका छन् ।

The post जब क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो… appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register