सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिक सार्वजनिक

काठमाडौँ। सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा आइतबार उनीहरूलाई पक्राउ गरिएको थियो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडाँैका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब तीन अर्बको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

Feb 11, 2025 - 15:14
 0
सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिक सार्वजनिक

काठमाडौँ।

सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा आइतबार उनीहरूलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले  ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटिएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो । पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडाँैका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब तीन अर्बको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register