गाजाको सहायता केन्द्र नजिकै इजरायली आक्रमण : कम्तीमा १५ जनाको मृत्यु

गाजा । इजरायली सेनाले मङ्गलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आक्रमणमा एकै ठाउँमा दर्जनभन्दा बढी मानिस मारिनुका साथै अन्य केही घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् । घटनाको पुष्टि गर्दै नागरिक सुरक्षाका एजेन्सिका प्रवक्ता महमुद बासलले इजरायली सेनाले राफाहको उत्तरपश्चिममा अल मवासीको अल आलमको रोटोन्डा नजिकै हजारौं […]

Jun 3, 2025 - 09:31
 0
गाजाको सहायता केन्द्र नजिकै इजरायली आक्रमण : कम्तीमा १५ जनाको मृत्यु

गाजा । इजरायली सेनाले मङ्गलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

आक्रमणमा एकै ठाउँमा दर्जनभन्दा बढी मानिस मारिनुका साथै अन्य केही घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् ।

घटनाको पुष्टि गर्दै नागरिक सुरक्षाका एजेन्सिका प्रवक्ता महमुद बासलले इजरायली सेनाले राफाहको उत्तरपश्चिममा अल मवासीको अल आलमको रोटोन्डा नजिकै हजारौं नागरिकविरुद्ध ट्याङ्क र ड्रोनमार्फत आक्रमण गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान गर्दै प्यालेस्टिनीहरूले खानाको व्यवस्था गर्नका लागि आफ्नो ज्यान जोखिममा पार्न नहुने बताएका छन् ।

इजरायलले गाजाको स्थिति सुधार गर्न बढ्दो दबाबको सामना गरिरहेको छ । गाजामा इजरायलले दुई महिनासम्म आपूर्ति अवरुद्ध गरेपछि मानिसहरूले खानालगायत अन्य अत्यावश्यक वस्तुको अभावको सामना गरिरहेका छन् ।

पछिल्लो समयमा सहायता प्रवाह अनुमति दिएको छ भने अन्तराष्ट्रिय समुदायले इजरायललाई थप सहायताको प्रवेशलाई अनुमति दिन आग्रह गरेको छ ।

हमासलाई पराजित गर्ने उदेश्यले इजरायलले हाल गाजामा आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

इजरायली सेनाले मङ्गलबार क्षेत्रको उत्तरमा आफ्ना तीनजना सैनिक मारिएको जनाएको छ । द्वन्द्व सुरु भएदेखि प्यालेस्टिनी क्षेत्रमा मारिएका क्षेत्रमा मारिएका इजरायली सेनाको सङ्ख्या ४२४ पुगेको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register