स्वस्थानी व्रत समापन हुँदै, शाली नदीमा भक्तजनको घुइँचो

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज (बुधबार) एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । काठमाडौंको साँखुस्थित शाली नदी क्षेत्रमा बुधबार स्वस्थानी व्रत तथा माधवनारायण मेला भर्न आएका भक्तजनको घुइँचो […]

Feb 12, 2025 - 06:49
 0
स्वस्थानी व्रत समापन हुँदै, शाली नदीमा भक्तजनको घुइँचो

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज (बुधबार) एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ ।

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

काठमाडौंको साँखुस्थित शाली नदी क्षेत्रमा बुधबार स्वस्थानी व्रत तथा माधवनारायण मेला भर्न आएका भक्तजनको घुइँचो लागेको छ ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।

त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register