इजरायली आक्रमणमा मारिए नवनियुक्त इरानी चिफ अफ स्टाफ

काठमाडौं । इजरयाली आक्रमणमा नवनियुक्त इरानी चिफ अफ स्टाफ मारिएको इजरायली सेनाले दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इरानी सर्वोच्च नेता अयतुल्लाह अली खामेनीका निकट मानिएका सैन्य कमान्डर अली शादमानी मारिएका छन् । कतारी सञ्चार माध्यम अल जजिराले शुक्रबारको इजरायली आक्रणमा कमान्डर घोलाम अली रशिद मारिएपछि उनको स्थानमा अली नियुक्त गरिएको बताएको छ […]

Jun 17, 2025 - 08:25
 0
इजरायली आक्रमणमा मारिए नवनियुक्त इरानी चिफ अफ स्टाफ

काठमाडौं । इजरयाली आक्रमणमा नवनियुक्त इरानी चिफ अफ स्टाफ मारिएको इजरायली सेनाले दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इरानी सर्वोच्च नेता अयतुल्लाह अली खामेनीका निकट मानिएका सैन्य कमान्डर अली शादमानी मारिएका छन् ।

कतारी सञ्चार माध्यम अल जजिराले शुक्रबारको इजरायली आक्रणमा कमान्डर घोलाम अली रशिद मारिएपछि उनको स्थानमा अली नियुक्त गरिएको बताएको छ । तर, अली मारिएको विषयमा इरानले केही बताएको छैन । युद्धकै क्रममा इरानले दोस्रोपटक सैन्य प्रमुख गुमाएको हो । इजरायली आक्रमणका उच्च सैन्य कमान्डर र परमाणु वैज्ञानिकसहित करिब ३ सय जना मारिएका छन् । तीमध्ये महिला र बालबालिका पनि रहेको इरानले बताएको छ ।

उता इजरायलमा इरानी आक्रमणमा मारिनेको संख्या २४ पुगेको छ ।

युद्धको पाँचौँ दिन पनि दुवैतर्फबाट व्यापक आक्रमण भइरहेको छ । इरानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण जारी छ । उता इजरायलका तेल अभिभ, जेरुसेलमलगायतका शहरहरूमा इरानी मिसाइलले हिट गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register