ग्रीस पठाउने भन्दै झण्डै साढे ६ लाख ठग्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला नवलपरासी सुस्ता पुर्वी हुप्सेकोट गाउँपालिका वडा नं. ४ झ्यालबास घर भई काठमाडौँ महानगरपालिका वडा नं. १६ बनस्थली बस्ने ३० वर्षीय रोश्मी सोती रहेकी छिन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी […]

Feb 13, 2025 - 10:36
 0
ग्रीस पठाउने भन्दै झण्डै साढे ६ लाख ठग्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला नवलपरासी सुस्ता पुर्वी हुप्सेकोट गाउँपालिका वडा नं. ४ झ्यालबास घर भई काठमाडौँ महानगरपालिका वडा नं. १६ बनस्थली बस्ने ३० वर्षीय रोश्मी सोती रहेकी छिन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ ३० गते बनस्थलीबाट पक्राउ गरेको हो ।

सोतीले एक जनालाई ग्रीस पठाउने भन्दै ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकी थिइन् । पीडितका अनुसार उनले आकर्षक तलब हुने प्रलोभनमा पारेर ग्रीस पठाउने भनेर पैसा लिई विदेश नपठाई उनी सम्पर्क विहिन भएकी थिइन् ।

हाल भने उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register