सदस्यता लिएर एकता महाधिवेशन सफल पार्न एनआरएनए यूकेको आह्वान

लन्डन – गैर आवासीय नेपाली संघ यूकेले एनआरएनएको सदस्यता लिएर आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनलाई सफल पार्न आह्वान गरेको छ। एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले एक विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए ) को एकता महाधिवेशन गराउन अख्तियार प्राप्त एनआरएनए उच्चस्तरीय […]

Feb 13, 2025 - 20:59
 0
सदस्यता लिएर एकता महाधिवेशन सफल पार्न एनआरएनए यूकेको आह्वान

लन्डन – गैर आवासीय नेपाली संघ यूकेले एनआरएनएको सदस्यता लिएर आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनलाई सफल पार्न आह्वान गरेको छ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले एक विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए ) को एकता महाधिवेशन गराउन अख्तियार प्राप्त एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशिघ्र सदस्यता लिन आग्रह गरे।

उच्चस्तरीय समितिको वेबसाइट www.nrnahlc.com मा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लागि आवेदन दिन पाउने छन्। सदस्यताका लागि आवेदन दिने मिति २८ फेब्रुअरी २०२५ सम्म तोकिएको छ, तर उच्चस्तरीय समितिले आवश्यक ठानेमा आवेदन दिने मिति बढाउन सक्ने छ।

आगामी ३ -५ मे, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागिएको अन्तरराष्ट्रिय महाधिवेशनमा नयाँ सदस्य वा नवीकरण गराएका सदस्यहरुले भाग लिन पाउने छन्। अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय समितिले तोके बमोजिम हुनेछ। अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ।

सदस्यता निशुल्क

अध्यक्ष गाहा मगरले यस पटक एनआरएनए युकेको सदस्यता निशुल्क गरिएको जनाए। “गएको कैयौं वर्षदेखि आन्तरिक विवादमा अल्झिएको बेला सर्वोच्च अदालतको परमादेशले संस्थालाई एकजुट गर्ने अवसर प्रदान गरेको छ। यो अवसरमा बेलायतमा बस्ने सबै एनआरएनले सदस्यता लिन सकुन् भन्ने उद्देश्यले हामीले सदस्यता निशुल्क गरेका छौं,” उनले भने। उनले यथाशिघ्र उक्त वेबसाइटमा गएर आवश्यक कागजपत्र अपलोड गरी सदस्यताका लागि आवदेन दिन अनुरोध पनि गरे।

विगतमा महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) छान्न विवाद हुने गरेकोमा यसपटक एनआरएनएका सबै वैध सदस्यहरुले काठमाडौँमा गएर तोकिएको शुल्क तिरी महाधिवेशन प्रतिनिधि बन्न र नयाँ कार्यसमिति चुन्नका लागि मतदान गर्न पाउने छन्।

एनआरएनको सदस्यता नवीकरण गरेका वा पहिलो पटक सदस्यता बनेका एकता महाधिवेशनमा सहभागी हुन इच्छुक सबै एनआरएनहरुलाई _+4478338507666 (फोन) वा info@nrnauk.org (इमेल) मा सम्पर्क गर्न पनि एनआरएनए युकेले अनुरोध गरेको छ।

“एउटा पारदर्शी, एकताबद्ध तथा प्रजातान्त्रिक एनआरएनए बनाउने यो एउटा ऐतिहासिक अवसर हो। त्यसैले युकेमा बसोबास गर्नु हुने सबै भूतपूर्व गोर्खा समुदाय लगायत एनआरएन दाजुभाइ दिदी बहिनीहरुलाई जति सक्दो चाडो एनआरएनएको सदस्यता लिन र महाधिवेशनमा भाग लिनको लागि नाम दर्ता गराउन हामी आग्रह गर्दछौं,” अध्यक्ष गाहा मगरले भने। उनले सर्वोच्च अदालतको आदेशको अपव्याख्या गरी समाजमा भ्रम फैलाउने तत्वहरुलाई समयमै पहिचान गर्न आग्रह पनि गरे।

यसै बीच एनआरएनएका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले उच्चस्तरीय समितिले आफ्नै वेबसाइट बनाइ सदस्यता खुल्ला गरेको बताएका छन् ।

“नोभेम्वर २०२४ यता बसेका उच्चस्तरीय समितिका बैठकहरुको निर्णय बमोजिम हामीले सदस्यता खुला गरेका छौं। एनआरएनएका सम्पूर्ण सदस्यहरुले काठमाडौँमा भेला भएर सिधै अन्तरराष्ट्रिय समिति चुन्न सक्ने ऐतिहासिक अवसर पहिलो पटक प्राप्त हुन गैरहेको छ। त्यसैले गैर आवासीय नेपाली संघको विधानको मर्म तथा सर्वोच्च अदालतले दिएको अधिकार प्रयोग गरी उच्चस्तरीय समितिले बनाएको टीओआर बमोजिम संघको सदस्यता लिई संघलाई एकताबद्ध बनाउन योगदान गर्न हामी सम्पूर्ण एनआरएन मित्रहरुलाई अपिल गर्दछौं,” डा घलेले भने ।

उक्त वेबसाइटwww.nrnahlc.com मा सर्वोच्च अदालतको फैसला, उच्चस्तरीय समितिद्वारा पारित टीओआर लगायतका सूचना एवं जानकारी राखिएको छ। त्यसै गरी सदस्य बन्नका लागि भर्नु पर्ने सदस्यता फर्म पनि राखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register