सार्वजनिक सेवाको वितरणः अवधारणा र गुणवत्ता

प्रकाश अधिकारीसुशासनको परिणाम सार्वजनिक सेवाको वितरणमा उच्च गुणवत्ता हो । कल्याणकारी राज्यको मूल उद्देश्य नागरिकलाई शिक्षा, स्वास्थ्य, कानुन व्यवस्था र सुरक्षा जस्ता आधारभूत सार्वजनिक सेवाहरू प्रदान गर्नु हो । वास्तवमा सरकारले राज्यको विकास र आफ्ना नागरिकको भलाइमा प्रमुख भूमिका निभाउनु पर्छ । एक कल्याणकारी राज्यमा समाजका गरीब र सीमान्तकृत वर्ग एवं समुदायमा ध्यान केन्द्रित गरिन्छ [...] The post सार्वजनिक सेवाको वितरणः अवधारणा र गुणवत्ता appeared first on Jhapa Online.

Feb 16, 2025 - 01:28
 0
सार्वजनिक सेवाको वितरणः अवधारणा र गुणवत्ता

प्रकाश अधिकारी
सुशासनको परिणाम सार्वजनिक सेवाको वितरणमा उच्च गुणवत्ता हो । कल्याणकारी राज्यको मूल उद्देश्य नागरिकलाई शिक्षा, स्वास्थ्य, कानुन व्यवस्था र सुरक्षा जस्ता आधारभूत सार्वजनिक सेवाहरू प्रदान गर्नु हो । वास्तवमा सरकारले राज्यको विकास र आफ्ना नागरिकको भलाइमा प्रमुख भूमिका निभाउनु पर्छ । एक कल्याणकारी राज्यमा समाजका गरीब र सीमान्तकृत वर्ग एवं समुदायमा ध्यान केन्द्रित गरिन्छ । न्यूनतम जीवन स्तर यापन गर्नसक्ने हुन र समानता सुनिश्चित गर्न यो वर्ग एवं समुदायलाई कानुनले विशेष संरक्षण, सशक्तीकरण, उत्थान र विकास गरी आधारभूत सेवा वितरण गर्नु पर्छ । सार्वजनिक सेवाको अवधाराणा भनेको सरकारद्वारा नागरिकलाई सार्वजनिक बस्तु र आधारभूत न्यूनतम सेवाको उपलब्धता हो । यो सेवा प्रवाह गरेजस्तो मात्रले हुँदैन गुणस्तरीय हुनु पर्छ । उदाहरणका लागि आधारभूत तहसम्मको अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षा सरकारले प्रदान गर्नु पर्छ । संविधान र अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनले सर्वब्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी र गुणस्तरीय शिक्षाको हक प्रत्याभूति छ । व्यक्तिको विकासमा शिक्षा विवेकशील र आदर्श मस्तिष्क बनाउन सहायक हुन्छ ।

नेपाल एक लोकतन्त्र हो । यसको सरकारमा विधायिका, न्यायपालिका र कार्यपालिका सम्मिलित छन् र शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित छ । संसद र प्रदेश सभाका जनप्रतिनिधि जनताद्वारा चुनिन्छन् । बहुमतप्राप्त राजनीतिक दलले सरकार गठन गर्छ । प्रधामन्त्रीरमुख्यमन्त्री र मन्त्रीहरू नागरिकका तर्फबाट सामाजिक सम्झौता अनुरूप राज्यको शासन चलाउन र सर्वाङ्गीण विकासका गर्नका लागि नियुक्ति हुन्छ । कार्यपालिका आम जनताको कल्याणका लागि नीतिहरू तय गर्छ र नीति निर्माण एवं कार्यान्वयनका लागि राष्ट्रसेवक कर्मचारी हुन्छन् । शासन सत्ता नागरिकको लागि र नागरिकको हित रेखदेखका लागि हो । यस्तो व्यवस्थामा नागरिक मालिक हुन्छन् र सरकारको काम जनसाधारणको सेवा गर्नु हो । यो नै लोकसेवाको अवधारणा हो र राजनीतिक प्रतिनिधि र सरकारी कर्मचारी लोकसेवक हुन् । इतिहासका विभिन्न कालखण्डमा कर्मचारीले “राजाको सिंदुर” पाएको मानिन्थ्यो र उनीहरू नियुक्त गर्नेप्रति जवाफदेही थिएस जनतासँग राजप्रतिनिधिको हैशियतले व्यवहार गर्थे । अब यो अवस्था छैन । राजनीतिक प्रतिनिधि र कर्मचारी नागरिकप्रति उत्तरदायी छन् र राष्ट्रसेवक भएर आफ्नू दायित्वको निर्वहन गर्नु पर्छ ।

नागरिकले गरेको कर भुक्तानबाट राष्ट्रसेवक वेतन लिन्छन् र नागरिकको हितका लागि नीति र कार्यक्रम लागू गर्छन् । अविकसित अर्थतन्त्रमा आयकर जस्तो प्रत्यक्ष करको तुलनामा अप्रत्यक्ष करको योगदान बढी हुन्छ । मुख्य गरेर भन्सार बिन्दुमा असूल गरिने कर र महसूल राजश्वको मूल श्रोत रहिआएको छ । नागरिकको आयको आधारमा नभएर निजले सेवा र बस्तुको प्रयोग गरेबमोजिम गरीब धनी सबैबाट एकनासले अप्रत्यक्ष करको भागसान्ति असूलउपर गरिन्छ । उदाहरणका लागि खाना पकाउने एलपी ग्याँसको मूल्यमा राज्यले तीन सय अनुदान दिइरहेको छ । अनुदानको ग्याँस बिना कुनै भेदभाव नाफा आर्जन गर्ने होटल, रेस्टुरेन्ट र औद्योगिक प्रयोजनमा खपत गर्ने व्यवसायी र सर्वसाधारणले समान रुपले पाइरहेका छन् ।

विधायिकाको जिम्मेबारी जनतालाई आइपरेका समस्या र राष्ट्रिय मुद्दाहरूका बारे कार्यपालिकालाई अवगत गराउनु हो । यो प्रयोजनका लागि विधायकले संसद र प्रदेश सभाको बैठकको उपयोग गर्छन् । विधायकले सोधेको प्रश्नको जबाफ कार्यपालिकाले फर्काउनु पर्छ । विधायकद्वारा बैठकमा जनसाधारणको चिन्तालाई प्रतिविम्ब गर्ने राष्ट्रिय मुद्दाहरूको छलफल र बहस गरिन्छ । यस अलवा सबै विधायन विधायिकाद्वारा बहस, चर्चा र विमर्शपछि तयार पारिन्छन् । विधायिकी समितिहरूमा विधायन मसौदाको गहन अध्ययन गरिन्छ र सार्वजनिक महत्वको मामिलामा आफ्नो पक्ष प्रस्तुतिका लागि कार्यपालिकालाई बोलाइन्छ । राज्यको तेश्रो घटक न्यायपालिकाको कार्यकारीका सबै कामकारबाही संविधान एवं कानुनी राज अनुरूप होउन् भनेर सुनिश्चित र नागरिकका मौलिक हकको रक्षा गर्नु हो । राज्यका उल्लिखित तीनै अङ्गले कार्य सम्पादन गरेर सार्वजनिक सेवाको वितरण हुन्छ तथापि निश्चित रुपमा प्राथमिक जिम्मेबारी कार्यपालिकाको हुन्छ ।

सरकारका तीन स्तर छन् केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार र तदनुरूपले विधायिका पनि रहेको छ । तीनै तहका सरकारको एकल र समवर्ती अधिकारको सूची स्पष्ट रुपले संविधानमा परिभाषित छ । रक्षा र परराष्ट्र मामिला विशुद्ध रुपले केन्द्रको जिम्मेबारीमा पर्छ, जबकि कानुन व्यवस्था र शान्ति सुरक्षा संघ र प्रदेशमा हुनेमा अहिलेसम्म संघद्वारा प्रयोग भइरहेको छ । कृषि, शिक्षा, खेलकूद, जंगल र खानी समवर्ती सूचीमा राखिएको छ । केन्द्र, प्रदेश र स्थानीय बीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित गरिएको छ ।

नेपालको न्याय सम्बन्धी अधिकार संविधान, कानुन र न्यायका मान्य सिद्धान्त बमोजिम अदालत र न्यायिक निकायबाट प्रयोग हुन्छ। सबै अदालत र न्यायिक निकायहरू सर्वोच्च अदालत मातहत रहन्छन् । संविधान र कानुनको व्याख्या गर्ने प्राधिकार सर्वोच्च अदालतलाई छ । भारतीय संविधानमा व्यवस्था भएजस्तै हाम्रो न्यायपालिका संघीय ढाँचामा नभएर एकीकृत छ । स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरू भएको न्यायिक समितिले न्यायिक अधिकारको प्रयोग गर्छ । समितिले धेरै विवादहरू मेलमिलाप गराएर सुल्झाउँछ भने केही देवानी विषयका विवादहरूमा कारबाही र किनारा गर्छ । विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न अन्य निकाय गठन गर्न सकिने प्रावधान संविधानमा छ ।

वर्षौँदेखिका योजनाहरू लागू, नीतिहरू तर्जुमा र बजेट विनियोजन गरेरपनि प्रणालीमा अझै धेरै कमीकमजोरी रही रहनु एक हकिकत भएर रहेको छ । उदाहरणका लागि सरकारी स्कुलमा शिक्षाको गुणवत्ता अति नाजुक छ । शिक्षक अनुपस्थित हुनु सामान्य मानिन्छ र प्रभावकारी ढङ्गले अध्यापन गर्न नतः प्रेरित नतः प्रशिक्षित गरिन्छ । परिणामस्वरुप सर्वेक्षणमा विद्यार्थीको गणित, नेपाली र अंग्रेजीको सिकाइको उपलब्धि ५० प्रतिशत भन्दा न्यून रही निम्छरो पाइएको छ ९तत्कालीन शिक्षा विभागद्वारा प्रकाशित शैक्षिक स्मारिका०। हाम्रो सन्दर्भमा शिक्षाको लाभ मध्यम र उच्च आयका सानो समूहसम्म सीमित छ । सरकारी अस्पतालको स्वास्थ्य सेवाको स्तर धेरै न्यून गुणवत्ताको छ । डाक्टर पूरा समय बस्दैनन् वा बिरामीप्रति ध्यान दिदैनन् । कतिसम्म भने आधारभूत चिकित्सा उपकरण छैनन् वा बिग्रिएर थन्किएर बसेका छन् । स्वच्छ पिउने पानी वितरण निमुखो छ र पानीको गुणवत्ता तोकिएको मापदण्ड भित्र हुँदैन । राहदानी वितरणमा बेला कुबेला अवरोध आउँछ र सवारी अनुमतिपत्र वितरणको रामकहानी सुन्ने र गाँठो फुकाउने फुर्सद कसैलाई छैन ।

बेला बेलामा बनेका प्रशासन सुधार आयोगको “आम जनमानसमा सरकारी प्रशासनको पहिचान अकुशलता, भ्रष्टाचार र ढिलासुस्ती बनेको छ” भन्ने निष्कर्ष रहेको छ । राज्यका विभिन्न अङ्गहरूले गठन गरेका समितिहरूको प्रतिवेदनमा भ्रष्टाचार र बिचौलिया सार्वजनिक सेवा वितरण प्रणालीमा अपव्यय, असक्षमता र असमानताका गम्भीर कारक रहेको पाइएको छ । राष्ट्रसेवक सेवा प्रदाता हुनुको सट्टा कतिपय सर्वसाधारणलाई शोषण गर्ने एजेन्टको रुपमा छन् भनेर यदाकदा सुनिन्छ । यो सरकारी सेवा प्रवाहको प्रणाली र प्रक्रिया सरल र पारदर्शी नहुनाले हो । राष्ट्रसेवकलाई निजले गरेको सेवाप्रवाहको प्रदर्शनलाई पदोन्नति र अन्य पुरस्कार एवं दण्डसँग जोड्ने गरी प्रणालीको विकास हुन आवश्यक छ । कुनै बेला “वाणिज्य विभागको सेवाः सेवाग्राहीको एक घण्टाको पेवा” नारा यथार्थ थियो । यो नारा कथेर सेवा प्रवाह गर्ने कृष्णहरि बाँस्कोटा सार्वजनिक सेवाका ुरोल मोडलु हुनु हुन्छ ।

सेवाप्रवाहमा प्रक्रिया उन्मुख कार्यसंस्कृतिको प्रभुत्व छ । प्रक्रिया सुनिश्चित गर्ने ऐन नियम, निर्देशिका, दिग्दर्शनको कमी छैन । सेवाप्रवाहको क्रममा राष्ट्रसेवकको मुख्य चिन्ता प्रक्रियाको पालना भयो भएन भन्ने हुन्छ, परिणामको परबाह कम हुन्छ । अपेक्षित परिणाम प्राप्त नहुँदा निजलाई कदाचित् दण्डित गरिन्छ तर कानुन उल्लङ्घन गर्ने मनसाय नहुँदा नहुँदै पनि प्रक्रियाको पालन भएन भने निजलाई जबाफदेही बनाइन्छ र विभागीय कारबाहीको उठान हुन्छ । यस्तो माहोलमा राष्ट्रसेवक “सेवाको सुरक्षा पहिला” दृष्टिकोण अपनाउछन् ।

प्रणालीमा राजनीतिक हस्तक्षेपले कुशल निर्णय र व्यावसायिक कामकाज गर्नमा बाधा पर्छ । लोकतन्त्रमा जनताका प्रतिनिधि शासक हुन्छन् र राष्ट्रसेवकले निर्वाचित जनप्रतिनिधिको अधीनमा काम गर्नु पर्छ । जिम्मेबारीको स्पष्ट रेखाङ्कन नभएको अवस्था भने होइन तर व्यवहारमा पालना हुँदैन । सरकारी नीतिहरूको कार्यान्वयन कर्मचारीले गर्ने हो तर राजनीतिक हस्तक्षेपले जन प्रशासन अक्षम भएको पाउँछौँ । राष्ट्रसेवकको पदस्थापन र सरुवा राजनीतिक नेतृत्वले गर्छ र प्रशासनिक अधिकारीलाई आफूले चाहेको सहकर्मीहरूको टिम उपलब्ध नभएर पहुँच भएकाहरूसँग काम गर्नु पर्छ ।

प्रविधिको अधिकाधिक प्रयोगबाट सेवाप्रवाहलाई निगरानी र प्रवर्तन गर्न सकिन्छ । हेलो सरकार, प्रहरी सेवाको फोन नं। १००, निगरानी गर्ने निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रमा इन्टरनेटको माध्यमद्वारा शिकायत गर्न पाउने प्रणालीले सेवाप्रदायकलाई समयमा सेवाप्रवाह गर्न दबाव दिने गरेको छ । निश्चित समयभित्र एम्बुलेन्स सेवा लिनको लागि पनि फोन सुविधा दिएर बिमार व्यक्तिको स्वास्थ्य सेवामा पहुँच गराउन सकिन्छ । मजबूत राजनीतिक इच्छाशक्ति र स्थिर प्रशासनिक नेतृत्व विकासित र प्रोत्साहित भएमा स्मार्ट फोनको प्रयोग गरेर विकास कार्यक्रमका लाभार्थीसँग उच्च पदस्थको सीधा सम्पर्क बनाएर सन्तुष्टि र गुणस्तरका बारे यकिन गर्दा भ्रष्टाचार कम झन् गुणवत्ता सेवाप्रवाहमा मद्दत पुग्छ । यसका लागि आवश्यक निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने संघीय विधायन अहिलेसम्म तर्जुमा भइ नसकी तदर्थमा चलिरहेछ । सेवाप्रवाहमा स्थानीयतह अग्रपङ्कतिमा पर्छ तर विडम्बना छ, दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन हुन सकेको छैन र करारका कर्मचारीद्वारा सेवा प्रवाह भइरहेको छ ।

नेपाल सरकारले बस्तु र सेवाको समयबद्ध वितरण र त्यससम्बन्धी शिकायत सुनेर निवारण गर्न प्रत्येक सार्वजनिक प्रतिष्ठान समेत सरकारी कार्यालयमा गुनासो सुन्ने अधिकारी र निजबाट सन्तुष्ट नहुने सेवाग्राहीले त्यसपछि पनि गुनासो गर्न पाउने अधिकारीको व्यवस्था नागरिक बडापत्रमा गर्नु पर्ने व्यवस्था नगरेको होइन । क्षतिपूर्तिसहितको नागरिक बडापत्र पशुसेवा कार्यालय ललितपुरमा लागू गरिएको छ, यसबाहेक अन्य सेवा र कार्यालयमा बिस्तार हुन सकेको छैन र कालान्तरमा सेलाएर गएको छ । मालपोत कार्यालयहरूमा पहिला आउने सेवाग्राहीले पहिला सेवा पाउने र उक्त दिनमा सेवा दिनसकिने संख्या निश्चित गरी टोकन दिने प्रणाली रहेको छ । सेवाको गुण र प्रवाह गरिसक्नु पर्ने समयको ग्यारेन्टी गर्ने अहिलेसम्मका तदर्थ बन्दोबस्तलाई ऐनद्वारा व्यवस्था गरी समय सीमा पालन र गुणवत्ता सेवा प्रवाह नगर्ने राष्ट्रसेवकलाई जिम्मेवार बनाउन राष्ट्रिय सतर्कता केन्द्रलाई क्रियाशील गर्नु पर्ने बेला भइसकेको छ ।

The post सार्वजनिक सेवाको वितरणः अवधारणा र गुणवत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register