गाजामा स्थलगत कारबाही तीव्र

एजेन्सी, ७ चैत । इजरायलले गाजामा स्थलगत कारबाही तीव्र पारेको छ । हवाई आक्रमणपछि इजरायली सेनाले फेरि प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गर्दै गाजामा स्थलगत कारबाही थालेको जनाएको बीबीसीले उल्लेख गरेको छ हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली हवाई आक्रमणमा ४ सय ३० जनाभन्दा धेरैको ज्यान गएको बताएको छ । इजरायल डिफेन्स फोर्स [...] The post गाजामा स्थलगत कारबाही तीव्र appeared first on Jhapa Online.

Mar 20, 2025 - 08:01
 0
गाजामा स्थलगत कारबाही तीव्र


एजेन्सी, ७ चैत । इजरायलले गाजामा स्थलगत कारबाही तीव्र पारेको छ । हवाई आक्रमणपछि इजरायली सेनाले फेरि प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गर्दै गाजामा स्थलगत कारबाही थालेको जनाएको बीबीसीले उल्लेख गरेको छ

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली हवाई आक्रमणमा ४ सय ३० जनाभन्दा धेरैको ज्यान गएको बताएको छ ।

इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम कोरिडोरमा आफ्नो सेना पुगेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घले देइर अल–बालाहमा रहेको आफ्नो परिसरमा भएको विस्फोटमा आफ्ना एक कर्मचारीसहित दुई जनाको ज्यान गएको बताएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा अनुसन्धान शुरू गरिने बताए पनि इजरायलले भने घटनाको जिम्मेवारी लिएको छैन ।

गाजामा हुन थालेका नयाँ आक्रमणहरूले इजरायल र हमासबीच जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताको अन्त्य भएको सङ्केत गरेको छ ।

हिजो इजरायले हमासको नियन्त्रणमा रहेका बन्धकहरूलाई फिर्ता गर्न अन्तिम चेतावनी दिएको थियो ।

हमासले भने इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भन्दै बन्धक रिहाइ अनिश्चित भएको बताउँदै आएको छ । मध्यस्तकर्ताहरूले पहल गरिरहेका दोस्रो चरणको युद्ध विराम पनि अन्योल भएको छ ।

The post गाजामा स्थलगत कारबाही तीव्र appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register