झापाको ऐतिहासिक चिल्लागढधाममा महाशिवरात्री मेला लाग्ने

सरोज भट्टराईझापा, ४ फागुन । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री मेला लाग्ने भएको छ । शिवसताक्षीको त्रिधाम मध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ हेरिने गरिएको छ । अघिल्ला वर्ष झै यस वर्ष पनि शिवरात्रीको अवसरमा शिव पुजासहित मेलाको आयोजना गरिएको चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिका [...] The post झापाको ऐतिहासिक चिल्लागढधाममा महाशिवरात्री मेला लाग्ने appeared first on Jhapa Online.

Feb 16, 2025 - 14:07
 0
झापाको ऐतिहासिक चिल्लागढधाममा महाशिवरात्री मेला लाग्ने

सरोज भट्टराई
झापा, ४ फागुन ।
झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री मेला लाग्ने भएको छ ।

शिवसताक्षीको त्रिधाम मध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ हेरिने गरिएको छ । अघिल्ला वर्ष झै यस वर्ष पनि शिवरात्रीको अवसरमा शिव पुजासहित मेलाको आयोजना गरिएको चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए । यही फागुन १३ र १४ गते दुई दिन लाग्ने मेलामा ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको अध्यक्ष तुम्बापोले जानकारी दिए ।

चिल्लागढ धामले महाभारतकालीन इतिहास बोकेको छ । पाँच हजार वर्ष पहिलो पाँच पाण्डवहरू वनबास गर्ने क्रममा यज्ञ गरेको स्थानको रूपमा चिल्लागढ धामलाई लिइन्छ । यहाँ विभिन्न जातजातिका मठमन्दिर निर्माणसँगै मौलिक घरसमेत निर्माण गरिएको छ । यस क्षेत्रमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक निर्माण गरिएको छ । पछिल्लो समय सङ्घीय सरकार, प्रदेश सरकार साथै शिवसताक्षी नगरपालिकाले पूर्वाधार विकासमा मूख्य भुमिका खेलेको पाइन्छ ।

मेलामा रोटेपिङ, कोलम्बस नौका, ड्रागन रेल, जम्पिङ, घोडालगायतका खेलतमासाहरू राखिने भएको छ । मेलामा विभिन्न जात जातिका भेषभुषा प्रदर्शनी, झाँकी, सबै समुदायका नृत्य तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ। बेलुकी धाम क्षेत्रमा रहेको शिवालय मन्दिरमा कीर्तन प्रतियोगिता समेतको आयोजना गरिने बताइएको छ। यस वर्ष साधु सन्तहरुलाई समेत चिल्लागढ धाममा उपस्थित गराउने योजना रहेको अध्यक्ष तुम्बापोले बताए ।

धाम परिसरस्थित शिवालय मन्दिरमा ६ फिट अग्लो प्राकृतिक शिवलिङ्ग रहेको छ । त्यस्तै सीताराम मन्दिर, किरातेश्वर हाङ्साम माङ्हिम, भगवती माता मन्दिर, दुर्गा मन्दिरलगायतका मठमन्दिर रहेका छन ।

The post झापाको ऐतिहासिक चिल्लागढधाममा महाशिवरात्री मेला लाग्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register