फोनिज झापा अध्यक्षमा राजवंशी, तीन पत्रकार पुरस्कृत

झापा, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० झापाको सातौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार झापाको बिर्तासिटीसेन्टर स्थित साई पार्टी प्यालेसमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० झापा जिल्लाको सातौ अधिबेशनबाट अर्जुन राजवंशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तिलक योञ्जन तामाङ, सचिवमा सन्तोष पेघा, [...] The post फोनिज झापा अध्यक्षमा राजवंशी, तीन पत्रकार पुरस्कृत appeared first on Jhapa Online.

Feb 1, 2025 - 13:41
 0
फोनिज झापा अध्यक्षमा राजवंशी, तीन पत्रकार पुरस्कृत

झापा, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० झापाको सातौ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

शनिबार झापाको बिर्तासिटीसेन्टर स्थित साई पार्टी प्यालेसमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० झापा जिल्लाको सातौ अधिबेशनबाट अर्जुन राजवंशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा तिलक योञ्जन तामाङ, सचिवमा सन्तोष पेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ रहेका छन् भने सदस्यहरुमा क्रमशः सुरेश आले मगर, सुजन राई, शौरभ मुखिया, रविकिरण वान्तवा राई, विष्णुकुल श्रेष्ठ, मिना नेम्वाङ, जिके शर्मा र सुमन वेघा रहेका छन् ।

यसैगरी संघीय महाधिवेशन प्रतिनिधिमा दिपीन राई, भूमिका फियाक, रमेश राई, गणेशमान मुखिया, विशाल नेम्वाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राई चयन भएका छन् ।

अधिबेशनमा फोनिज झापाले वितरण गर्दे आएको स्व डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट झापा, दमकका पूराना पत्रकार विष्णु सुब्बालाई नगद २५ हजार सहित सम्मान पत्र र खदा ओडाएर सम्मान गरेका थिए भने यसैगरी फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत दमकका सजन राईलाई नगद ५र५ हजार नगद र प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको थियो।

अधिबेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा जिल्ला अध्यक्ष भु कुमारी लिम्बू ९भुमिका फियाक०को अध्यक्षतामा सम्पन्न भएको थियो ।

The post फोनिज झापा अध्यक्षमा राजवंशी, तीन पत्रकार पुरस्कृत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register