प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । “सोमबार बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन […]

Feb 16, 2025 - 14:33
 0
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।

सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । “सोमबार बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची तयार भएको छ”, उनले भने ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।

प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register