नर्सिङ एसोसिएसनको मासिक वेबीनार अब नियमित, मार्चमा सम्मेलन

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले सांगठनिक सक्रियता बढाएको छ । करिब सात महिनापछि एसोसिएसनले आफ्नो मासिक वेबीनारलाई अब निरन्तरता दिने भएको छ भने आउंदो १५ मार्चमा ह्यारो बरो फुटबल क्लवमा वार्षिक सम्मेलन गर्ने तयारी गरेको छ । यसै वर्ष इन्टरनेशनल नर्सेस डे पारेर मे १० मा सरेहिलमा हाइकिङ, २३ अगष्टमा वार्षिक साधारणसभा र वार्षिकोत्सव […]

Feb 16, 2025 - 21:23
 0
नर्सिङ एसोसिएसनको मासिक वेबीनार अब नियमित, मार्चमा सम्मेलन


लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले सांगठनिक सक्रियता बढाएको छ ।

करिब सात महिनापछि एसोसिएसनले आफ्नो मासिक वेबीनारलाई अब निरन्तरता दिने भएको छ भने आउंदो १५ मार्चमा ह्यारो बरो फुटबल क्लवमा वार्षिक सम्मेलन गर्ने तयारी गरेको छ ।

यसै वर्ष इन्टरनेशनल नर्सेस डे पारेर मे १० मा सरेहिलमा हाइकिङ, २३ अगष्टमा वार्षिक साधारणसभा र वार्षिकोत्सव एवं २५ अक्टोबरमा च्यारिटी डिनरसहित दशैं तिहार कार्यक्रम गर्ने तय भइसकेको छ ।

एसोसिएसनकी अध्यक्ष रस्मिता दर्लामीले नेपालबाट बेलायत आउन आउन चाहने न्यूकमर नर्सहरु र बेलायतमै नर्सिङ पेशामा आवद्ध नर्सहरुबाट आइरहने जिज्ञासा मेटाउन अब वेबीनारलाई निरन्तरता दिन लागिएको जनाइन् । हरेक महिनाको अन्तिम शनिबार बेलायती समय बिहान ११ देखि १२ बजेसम्म भर्चुअल वेबीनार गरिनेछ ।

फेब्रुअरी महिनाको वेबीनार आउंदो २२ फेब्रुअरी गरिनेछ । यूके नर्सिङ रजिष्ट्रेसन, ओइटी, ओएससीइ एवं अनुभव आदानप्रदानमा केन्द्रित हुने उक्त वेबीनारमा कोपल्याण्डस नर्सिङ होम वेम्लीकी म्यानेजर बबी लामा, नर्स एवं यूके ओइटी ट्रेनर अन्जना सापकोटा खतिवडा र एसोसिएसन अध्यक्ष एवं हिलिङ्डन हस्पिटल एनएचएस ट्रष्टकी वार्ड म्यानेजर रस्मिता दर्लामी मुख्य वक्ताका रुपमा रहनेछन् । उल्लेखित वक्ताहरु आफ्नो क्षेत्रमा दक्ष मानिन्छन् ।

कार्यक्रममा इच्छुक सबै र विशेष गरि नयां नर्सहरुलाई सहभागिताका लागि अध्यक्ष दर्लामीले अनुरोध गरेकी छन् । उनले एसोसिएसनको सदस्यता लिएर लाभान्वित हुन पनि आव्हान गरिन् ।

उता, एसोसिएसनले साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा आउंदो मार्च १५ शनिबार वार्षिक सम्मेलन गर्ने तयारी पनि शुरु गरेको छ । बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुने उक्त सम्मेलनमा स्वास्थ्य क्षेत्रका विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ । ‘हामीले वार्षिक सम्मेलनलाई जानकारी र ज्ञानमूलक बनाउन खोजेका छौं । स्वास्थ्यसंग सम्बन्धित विज्ञहरुबाट महत्वपूर्ण कार्यपत्र प्रस्तुत हुनेछ’, अध्यक्ष रस्मिताले बताइन् । वक्ताहरुले नव आगन्तुक नर्सहरुलाई करिअर डेभलप्मेन्ट, लिडरसीप आदिबारे जानकारी दिनेछन् ।

सम्मेलनमा युनिभर्सिटी अफ हडर्सफिल्डमा डेपुटी डिरेक्टर अफ ग्रयाजुएट एजुकेसन एवं नर्सिङकी असोसिएट प्रोफेशर डा. विभा सिम्खडा र इन्टेन्सिभ केयरका कन्सल्टेन्ट नर्स सुमन श्रेष्ठ एमबीइ लगायत वक्ताबाट कार्यपत्र प्रस्तुत हुने तय छ ।

डा. सिम्खडाले बेलायतमा अन्तर्राष्ट्रिय नर्सहरूका लागि व्यावसायिक विकास र अवसरहरु शीर्षकमा प्रस्तुति दिनेछिन् भने श्रेष्ठले सेप्सिस र नर्सिङ कागजातको पहिचान एवं व्यवस्थापनबारे बताउने कार्यक्रम छ ।

उक्त सम्मेलनमा सहभागी हुन एसोसिएसन सदस्यलाई १५ पाउण्ड र सदस्यता नलिएकालाई ३० पाउण्ड प्रवेश शुल्क लाग्ने एसोसिएसनले जनाएको छ । यसमा लाइट लन्च, चियाकफी समावेश छ ।

उता, एसोसिएसनले आगामी मे १० मा नर्सेस डे पारेर सरेहिलमा हाइकिङ जाने योजना बनाएको छ । संस्थाकी महासचिव श्रृजा डंगोल र वेलफेयर कोअर्डिनेटर बिनु लामिछानेको संयोजनमा हाइकिंग गर्न लागिएको हो ।

२३ अगष्टमा वार्षिक साधारणसभा एवं वार्षिकोत्सवपछि २५ अक्टोबरमा नर्सहरुका लागि इमर्जेन्सी फण्ड संकलन गर्न च्यारिटी डिनरसहित दशैं तिहार मनाइने भएको छ ।

एनएमसीमा रिकग्नाइज भएको एसोसिएसनमा रस्मिता दर्लामी नेतृत्वले विविध अनुकरणीय काम गरिरहेको छ ।

संस्थाले हालैमात्र नेपलिज डक्टर्स एसोसिएसन यूकेको सहकार्यमा स्थानीय हिलिङ्डन नेपलिज गोर्खा कम्युनिटी र युथ क्लवको सहयोगमा हेल्थ क्याम्प समेत गरेको थियो ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register