प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौं । आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी […]

May 5, 2025 - 03:13
 0
प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौं । आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते (शुक्रबार) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।

नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register