कीर्गिस्तानको काउन्टर अट्याक शैली नेपालका लागि चुनौती

काठमाडौं । इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिप आज (सोमबार)देखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा म्यानमार र लेबनानबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । आयोजक नेपाल र कीर्गिस्तान भने साँझ ६ बजे आमनेसामने हुनेछन् । उपाधि जित्ने सम्भावनालाई बलियो बनाउन नेपालले कीर्गिस्तानविरुद्धको खेलमा विजयी सुरुवात गर्नेुपर्ने हुन्छ । […]

Feb 17, 2025 - 08:15
 0
कीर्गिस्तानको काउन्टर अट्याक शैली नेपालका लागि चुनौती

काठमाडौं । इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिप आज (सोमबार)देखि सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा म्यानमार र लेबनानबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । आयोजक नेपाल र कीर्गिस्तान भने साँझ ६ बजे आमनेसामने हुनेछन् ।

उपाधि जित्ने सम्भावनालाई बलियो बनाउन नेपालले कीर्गिस्तानविरुद्धको खेलमा विजयी सुरुवात गर्नेुपर्ने हुन्छ । म्यानमार र लेबनान‌ बलियो टोलीमा पर्छ ।

नेपाल फिफा वरीयतामा १०३औं स्थानमा छ । कीर्गिस्तान १२८औं स्थानमा छ ।

६ वर्ष भएको नादेज्दा कपमा नेपालले कीर्गिस्तानलाई ८–२ को गोलअन्तरले पराजित गरेको थियो । यसकारण पनि नेपालविरुद्धको खेललाई कीर्गिस्तानले गम्भीर रुपमा लिएको छ । यद्यपि विगत ६ वर्षमा कीर्गिस्तानको फुटबल शैलीमा निकै परिवर्तन आएको छ ।

साथै, कीर्गिस्तानको खेलाडीहरुको औसत उमेर २३ वर्ष रहेको छ । युवाले भरिपूर्ण कीर्गिस्तानले नेपाली टोलीलाई चुनौती दिनसक्ने देखिन्छ । भारत र कीर्गिस्तानबीचको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । कीर्गिस्तानको टोली काउन्टर अट्याकमा राम्रो देखिएको छ ।

यद्यपि, नेपालका प्रशिक्षक राजेन्द्र तामाङले नेपाली स्ट्राइकरले चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली टोलीको अट्याकिङ भूमिकामा रेखा पौडेल, रश्मी कुमारी घिसिङ र अनिता केसी छन् । साथै, चन्द्रा भण्डारीको टोलीमा पुनरागमनले पने केही फरक पर्नेछ ।

राष्ट्रिय टोलीबाट ५५ गोल गरेकी साम्बालाई नेपाली टोलीको मेरुदण्डको रुपमा लिइन्छ । पछिल्लो समय सावित्राको उपास्थितिले नै विपक्षीलाई तनावमा पार्ने विश्वास गरिएको छ ।

नेपालको स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा नेपाल फर्किए पनि उनले कीर्गिस्तानविरुद्ध खेल्ने नखेल्ने भन्ने टुङ्गो लागिसकेको छैन । सोमबार बिहान मात्र नेपाल आइपुगेकी साम्बाले खेलको र आफ्नो शरिरको अवस्थाअनुरुप खेल्नेबारे टुङ्गो लाग्ने अभिव्यक्ति दिइन् ।

निकै लामो यात्रा तय गरेर नेपाल आइपुगेकी साम्बालाई प्रशिक्षक तामाङले आराम गर्न दिने सम्भावना उच्च रहेको छ ।

यद्यपि, साम्बाको अभावलाई भने रेखा, रश्मी, अनिता र चन्द्राले पूरा गर्नेछन् ।

हालै सम्पन्न एन्फा वुमन्स लिगमा ३५ गोल गरेर सर्वाधिक गोलकर्ता घोषित भएकी रश्मीले पनि नेपाली टोलीलाई अट्याकिङमा साथ दिनेछिन् ।

यूएईमा व्यवसायिक फुटबल खेल्दै गरेकी रेखाले पनि नेपाललाई बलियो रुपमा प्रस्तुत गर्न योगदान पुर्‍याउनेछिन् । अनिता र चन्द्राको साथ उपस्थितिले पनि साम्बाको अभाव भएमा केही पूर्ति हुनेछ ।

प्रशिक्षक तामाङले नेपाली टोलीको मध्यपङ्क्ति र रणनीतिक पक्षलाई विशेष ध्यान दिएका छन् । साथै उनले बललाई नियन्त्रणमा राखेर काउन्टर आक्रमणलाई प्राथमिकतामा राखेको बताए ।

कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले पनि टोलीको तयारी राम्रो भएको र मनोबल उच्च भएको बताएकी थिइन् । उनले टोलीको रक्षापङ्क्तिलाई बलियो बनाउन गृहकार्य भइरहेको बताएकी थिइन् ।

घरेलु मैदानमा हुने लागेको यस खेलम जित हासिल गर्दै नेपाल प्रतियोगिताको सुखद् सुरुवात गर्न तयार छ भने कीर्गिस्तान आफ्नो युवा खेलाडीले भरिएको टोलीलाई राम्रो फुटबलको अनुभव गराउने योजनामा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register