सेयर बजारमा हरियाली, साढे सात अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २४ अङ्कले बढेर २६९५ दशमलव ५५ को विन्दुमा पुगेको छ । आइतबार ३२३ कम्पनीको ७६ हजार ३५४ पटकको कारोबारमा एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ […]

Mar 30, 2025 - 10:45
 0
सेयर बजारमा हरियाली, साढे सात अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २४ अङ्कले बढेर २६९५ दशमलव ५५ को विन्दुमा पुगेको छ ।

आइतबार ३२३ कम्पनीको ७६ हजार ३५४ पटकको कारोबारमा एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँ रहेको छ ।

२२२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनी घटेका छन् । १३ उपसमूहमध्ये म्युचुअल फन्डमा झिनो गिरावट आएको छ भने बाँकी हरियाली छन् । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register