कुम्भ मेलाबाट फर्किँदै गर्दा गाडी दुर्घटना, रुपन्देहीका तीन जनाको मृत्यु

काठमाडौं । महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा परी मृत्यु भएको छ । ज्यान गुमाउनेमा देवदह नगरपालिका वडा नं. ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षिया गङ्गा शर्मा छन् । कुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी […]

Feb 17, 2025 - 08:57
 0
कुम्भ मेलाबाट फर्किँदै गर्दा गाडी दुर्घटना, रुपन्देहीका तीन जनाको मृत्यु

काठमाडौं । महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा परी मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा देवदह नगरपालिका वडा नं. ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षिया गङ्गा शर्मा छन् ।

कुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनले जानकारी दिए ।

यूपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भएर दुर्घटना भएको हो । चालक निदाएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र चालक भारतीय नागरिक रितेश दुबे छन् ।

उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीइ प्रहरीबाट जानकारी आएको इन्स्पेक्टर सेनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register