अब एन्ड्रोइड प्रयोगकर्ताले पनि एप्पल टिभी एप प्रयोग गर्न पाउने
काठमाडौं । एप्पलले एन्ड्रोइड प्रयोगकर्ताका लागि एप्पल टिभी एप सार्वजनिक गरेको छ । यसअघि आईओएस डिभाइसका लागि उपलब्ध एप कम्पनीले बुधबार एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध गराएको हो । यससँगै अब एन्ड्रोइड मोबाइल, ट्याब्लेट र फोल्डेबल डिभाइसमा गुगल प्ले स्टोरबाट एप्पल टिभी एप डाउनलोड गर्न सकिनेछ । यस एपमार्फत प्रयोगकर्ताले एप्पल टिभी प्लस (Apple TV+) विभिन्न कार्यक्रम र सिरिज हेर्न सक्नेछन् । खासगरी अर्जेन्टिनी स्टार फुटबलर लिओनल मेस्सीले खेल्ने मेजर लिग सकर (MLS) म्याच हेर्न सकिनेछ । एप्पल टिभी एप एन्ड्रोइडका ल...

What's Your Reaction?






