ट्रेड टावरको आइपीओ बाँडफाँडको मिति तय, माग भन्दा आवेदन दिने बढी !

काठमाडौँ। ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आइपीओ आगामी आइतबार अर्थात असार १ गते बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आइपीओको मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँड गरिने छ। कम्पनीले निष्कासन गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३२ लाख ९६ हजार ५ सय ५ कित्ता […]

Jun 11, 2025 - 11:36
 0
ट्रेड टावरको आइपीओ बाँडफाँडको मिति तय, माग भन्दा आवेदन दिने बढी !

काठमाडौँ। ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आइपीओ आगामी आइतबार अर्थात असार १ गते बाँडफाँड हुने भएको हो ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आइपीओको मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँड गरिने छ।

कम्पनीले निष्कासन गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३२ लाख ९६ हजार ५ सय ५ कित्ता सेयरका लागि २१ लाख ६९ हजार ८९१ जना लगानीकर्ताले आवेदन दिएका छन्। जुन मागभन्दा ७.८२ गुणा बढी आवेदन हो ।

उक्त सेयर बाँडफाँटमा जम्मा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १८ लाख ४० हजार २४१ जनाको हात खाली हुनेछ ।
ट्रेड टावरले जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। आईपीओ निष्कासनका लागि कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको थियो । जसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register