अमेरिकाले थप ११२ भारतीयलाई फर्कायो

काठमाडौं । अमेरिकाले थप ११२ जना भारतीय आप्रवासीलाई फर्काएको छ । अमेरिकी वायुसेनाको सी-१७ ग्लोबमास्टर विमान १६ फेब्रुअरीको राति करिब १० बजे श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । पछिल्लो १० दिनमा भारतीयहरूलाई फिर्ता पठाइएको यो तेस्रो खेप हो । इन्डिया टुडेको रिपोर्टअनुसार देश निकाला गरिएकाहरूमा हरियाणा राज्यका ४४, गुजरातका ३३, पञ्जाबका […]

Feb 17, 2025 - 10:00
 0
अमेरिकाले थप ११२ भारतीयलाई फर्कायो

काठमाडौं । अमेरिकाले थप ११२ जना भारतीय आप्रवासीलाई फर्काएको छ ।

अमेरिकी वायुसेनाको सी-१७ ग्लोबमास्टर विमान १६ फेब्रुअरीको राति करिब १० बजे श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

पछिल्लो १० दिनमा भारतीयहरूलाई फिर्ता पठाइएको यो तेस्रो खेप हो ।

इन्डिया टुडेको रिपोर्टअनुसार देश निकाला गरिएकाहरूमा हरियाणा राज्यका ४४, गुजरातका ३३, पञ्जाबका ३१, उत्तर प्रदेशका दुई र उत्तराखण्ड र हिमाचल प्रदेशका एक-एक जना छन् ।

यसअघि फेब्रुअरी १५ को राति ११६ र फेब्रुअरी ५ मा १०४ भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अमृतसर आएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register