भारतमा नेपाली छात्राको मृत्यु : प्रशासनले विद्यार्थीलाई कलेजबाट निकालेर रेल स्टेशनमा पुर्‍यायो

काठमाडौं । भारतको ओडिसास्थित कलिगां इन्सिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी(केआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको विरोध गरेपछि त्यहाँ अध्ययनरत हजारौं नेपाली विद्यार्थीलाई कलेजबाट निस्कासन गरिएको छ । केआईटी कलेजमा बी. टेक. तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गएराती शव फेला परेको थियो । प्रकृतिसँगै अध्ययरत नेपाली विद्यार्थीहरूका अुनसार उनलाई कलेजकै विद्यार्थी अधविक श्रीवास्तव नामका […]

Feb 17, 2025 - 10:06
 0
भारतमा नेपाली छात्राको मृत्यु : प्रशासनले विद्यार्थीलाई कलेजबाट निकालेर रेल स्टेशनमा पुर्‍यायो

काठमाडौं । भारतको ओडिसास्थित कलिगां इन्सिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी(केआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको विरोध गरेपछि त्यहाँ अध्ययनरत हजारौं नेपाली विद्यार्थीलाई कलेजबाट निस्कासन गरिएको छ ।

केआईटी कलेजमा बी. टेक. तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गएराती शव फेला परेको थियो । प्रकृतिसँगै अध्ययरत नेपाली विद्यार्थीहरूका अुनसार उनलाई कलेजकै विद्यार्थी अधविक श्रीवास्तव नामका विद्यार्थीले निरन्तर दुर्व्यवहार गरिरहेका थिए । आफूमाथि भइरहेको दुर्व्यवहारको बारेमा प्रकृतिले कलेज प्रशासनमा करिब ४ हप्ता अगाडि नै उजुरी दिएकी थिइन । तर, कलेजले यस विषयलाई गम्भीर रूपमा लिएको थिएन ।

उक्त उजुरी दिएको केही समयपछि फेब्रुअरी १६ को राती प्रकृतिको रहस्यमयी मृत्यु भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले विरोध सुरु गरे ।

विरोध प्रदर्शन गरेपछि कलेज प्रशासनले त्यहाँ रहेका करिब १४ सय विद्यार्थीलाई प्रहरी परिचालन गरी गाडिमा हालेर रेलवे स्टेशनमा पुर्‍याइदियो । त्यहाँबाट एकजना विद्यार्थीले नेपालभ्यूजलाई सुनाए, “हामीलाई राती नै कलेजले बसमा हालेर, भुवनेश्वर र कटक स्टेशनमा ल्याएर राखेको छ ।”

प्रहरीले प्रकृतिमाथि दुर्व्यवहार गर्ने युवकलाई पक्राउ गरिसकेको ओडीसाबाट प्रकाशित हुने ओरिसा पोस्टले जनाएको छ । तर, कलेजले विद्यार्थीहरुलाई फिर्ता बोलाएको छैन् ।

यो विषय नेपालको संसदमा समेत पुगेको छ । यद्यपि, प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले यस विषय उठाउन खोज्दा सभामुखले समय दिएनन् । तर, उच्च स्रोतका अनुसार नेपाली विद्यार्थीहरुलाई कलेज फर्काउने प्रयास भईरहेको छ ।

“हाम्रो सार्थी प्रकृति लम्साल बी. टेक. थर्ड एअरमा पढ्थिन् । उनलाई एउटा केटाले हर्‍यास गरिरहेको थियो । यस विषयमा उनले ४ हप्ता अगाडि नै कम्पलेन पनि गरेकी थिइन् । तर, कलेजले वास्ता गरेन् । हिजो राती उनको मृत्यु भयो । उनको मृत्युको कुरा कलेजले दबाउन खोज्यो,’ एकजना नेपाली विद्यार्थीले भनेका छन्, ‘हामीले त्यसको विरोध गर्यौं । त्यसपछि यहाँ रहेका सबै नेपाली विद्यार्थीलाई राती नै बसमा हालेर भुवनेश्वर र कटक रेल स्टेशनमा ल्याएर छाडियो । हामीसँग, टिकट, पैसा केही पनि छैन् ।’

उनका अनुसार कलेजमा भएका सबै नेपाली विद्यार्थीलाई रेल स्टेशनमा ल्याएर छाडेपछि विचल्ली भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register