माघ महिनामा दुई हजार ९०६ दुर्घटना, १९९ जनाको मृत्यु
झापा, ५ माघ । गत माघ महिनामा दुई हजार ९०६ दुर्घटनामा भएको छ । ती दुर्घटनामा चार हजार ५३५ सवारी साधन संलग्न रहेका थिए भने १९९ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी दुई हजार ४७४ मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो [...] The post माघ महिनामा दुई हजार ९०६ दुर्घटना, १९९ जनाको मृत्यु appeared first on Jhapa Online.

झापा, ५ माघ । गत माघ महिनामा दुई हजार ९०६ दुर्घटनामा भएको छ । ती दुर्घटनामा चार हजार ५३५ सवारी साधन संलग्न रहेका थिए भने १९९ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी दुई हजार ४७४ मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पनि प्रहरी प्रधान कार्यालयको विश्लेषणले निष्कर्ष निकालेको छ ।
दुर्घटनामा १९९ जनाको मृत्यु भएकोमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन् । त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
The post माघ महिनामा दुई हजार ९०६ दुर्घटना, १९९ जनाको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






