गभर्नर अधिकारीविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि हेर्न नभ्याइनेमा परेको हो । योसँगै आज (सोमबार) पनि गभर्नर अधिकारीको नियुक्तिविरुद्ध परेको उक्त रिटको सुनवाई नहुने भएको छ ।  गभर्नर अधिकारीको नियुक्तिमाथि प्रश्न उठाउँदै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा मन्त्रिपरिषदले […]

Feb 17, 2025 - 10:36
 0
गभर्नर अधिकारीविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि हेर्न नभ्याइनेमा परेको हो ।

योसँगै आज (सोमबार) पनि गभर्नर अधिकारीको नियुक्तिविरुद्ध परेको उक्त रिटको सुनवाई नहुने भएको छ । 

गभर्नर अधिकारीको नियुक्तिमाथि प्रश्न उठाउँदै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा मन्त्रिपरिषदले २०७८ चैत २४ गते जाँचबुझ समिति गठन गरेको थियो । जुन समितिको अध्यक्ष पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी थिए । जाँचबुझ समिति गठन भएसँगै उनी स्वतः निलम्बनमा परेका थिए । 

तर, सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै गभर्नर अधिकारीलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही रिटमाथिको सुनुवाइ आज (सोमबार) हुने भनिएको थियो । तर, आज पनि उक्त रिटमाथिको सुनुवाइ नहुने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register