सङ्खुवासभामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर मजदुरको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा सडक निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर मजदुरको मृत्यु भएको हो । ढुङ्गाले लागेर आइतबार ३५ वर्षीय खड्गबहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । भित्री सडकखण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट […]

Feb 17, 2025 - 00:33
 0
सङ्खुवासभामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर मजदुरको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा सडक निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर मजदुरको मृत्यु भएको हो ।

ढुङ्गाले लागेर आइतबार ३५ वर्षीय खड्गबहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । भित्री सडकखण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

लिङ्खाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्यचौकी चैनपुर लगिदै छ । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटनास्थलमा गएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register