ऊर्जामन्त्री भन्छन् – कुलमानले सरकारलाई टेरेनन्, अब त लगाम लगाउनुपर्छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा बैठकमा विशेष समय माग गर्दै खड्काले घिसिङको कार्यशैलीमाथि समेत प्रश्न उठाए । उनले भने, “उहाँले केही राम्रा काम गर्नुभयो होला । त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला । तर, सञ्चालक समितिले निर्णय […]

Feb 18, 2025 - 09:57
 0
ऊर्जामन्त्री भन्छन् – कुलमानले सरकारलाई टेरेनन्, अब त लगाम लगाउनुपर्छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा बैठकमा विशेष समय माग गर्दै खड्काले घिसिङको कार्यशैलीमाथि समेत प्रश्न उठाए ।

उनले भने, “उहाँले केही राम्रा काम गर्नुभयो होला । त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला । तर, सञ्चालक समितिले निर्णय गर्छ । उहाँ कार्यान्वयन गर्नुहुन्न । सरकारलाई टेर्नुहुन्न ।”

खड्काले भारतबाट विद्युत् ल्याउन ट्रान्समिसन लाइन बनाउने काम के कुलमानका कारण भएको हो भन्दै प्रश्नसमेत गरे ।

उनले भने, “भारतबाट विद्युत् ल्याएर लोडसेडिङ अन्त्य गरिएको हो । भारतबाट विद्युत् ल्याउन ट्रान्समिसन लाइन बनाउने काम के कुलमानका कारण भएको हो ? पूर्वमन्त्रीहरूले पनि जान्नुहुन्छ ।”

घिसिङको अराजक गतिविधि गरिरहेको र सधैँ हेरेर नबस्ने उनको भनाइ छ । खड्काले भने, “कर्मचारीजस्तो मान्छे ‍भाषण गर्दै हिँड्नुहुन्छ । यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्दैन । अब त लगाम लगाउनुपर्छ ।”

साथै, उनले एउटा कर्मचारीका विषयमा सरकारमाथि धेरै प्रश्न नउठाउन पनि सांसदहरूलाई आग्रह गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register