विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि ३ जनाको नाम सिफारिस भएको छ । कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले अन्तरवार्तामा सहभागि भएका ५ जनामध्ये  ३ जनाको नाम सिफारिस गरेको हो । सूची अनुसार सिफारिसको पहिलो नम्बरमा दिनेशप्रसाद भट्ट, दोस्रो नम्बरमा सुमनकुमार कर्ण र तेस्रो नम्बरमा मन्दिप […]

Feb 18, 2025 - 13:15
 0
विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले अन्तरवार्तामा सहभागि भएका ५ जनामध्ये  ३ जनाको नाम सिफारिस गरेको हो ।

सूची अनुसार सिफारिसको पहिलो नम्बरमा दिनेशप्रसाद भट्ट, दोस्रो नम्बरमा सुमनकुमार कर्ण र तेस्रो नम्बरमा मन्दिप सुवेदी रहेका छन् ।

सिफारिस भएका ३ जनामध्ये १ जनालाई मन्त्रिपरिषद् बैठकले कार्यकारी प्रमुख नियुक्त गर्नेछ ।

प्राधिकरणले  गत मंसिर १४ मा  कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वानसम्बन्धी सूचना निकालेको थियो ।

प्राधिकरणको कार्यकारी प्रमुख पाँच वर्षका लागि नियुक्त हुने व्यवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register