सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच १५ लाख अमेरिकी डलरको व्यापार ऋण सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र बेलायत सरकारको ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) बीच करिब दुई अर्ब अर्थात १५ लाख अमेरिकी डलरको व्यापार ऋण सम्झौता भएको छ । नेपालस्थित बेलायती दूताबासले बेलायतको व्यापार तथा लगानी विभागसँगको सहकार्यमा मंगलबार राजधानीमा आयोजना गरेको युके-नेपाल बिजनेस फोरमको उद्घाटन सत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र बीआईआईका लगानी […]

Feb 19, 2025 - 05:21
 0
सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच १५ लाख अमेरिकी डलरको व्यापार ऋण सम्झौता

काठमाडौं ।
सानिमा बैंक लिमिटेड र बेलायत सरकारको ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) बीच करिब दुई अर्ब अर्थात १५ लाख अमेरिकी डलरको व्यापार ऋण सम्झौता भएको छ ।

नेपालस्थित बेलायती दूताबासले बेलायतको व्यापार तथा लगानी विभागसँगको सहकार्यमा मंगलबार राजधानीमा आयोजना गरेको युके-नेपाल बिजनेस फोरमको उद्घाटन सत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र बीआईआईका लगानी निर्देशक एडमिर इमामीले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यो सम्झौताले नेपालमा नवीकरणीय उर्जा परियोजनाहरु विशेषगरी जलविद्युत विकासलाई प्रवद्र्धन गर्दै दिगो उर्जा स्रोतहरुको परिचालनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । सम्झौताअनुसार प्राप्त ऋण जलविद्युत आयोजना निर्माण्मा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरुको आयात तथत निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरुको खरिदमा प्रयोग गरिने छ ।

साथै यसले जलविद्युत तथा सौर्य उर्जा प्रविधि, जलयान्त्रिक र विद्युतयान्त्रिक उपकरणहरुको आयातका साथै खाद्य तथा कृषि क्षेत्रका लागि कच्चा पदार्थहरुको आयातलाई समेत सहज बनाउने उद्देश्य लिएको छ । नेपाल विद्युत प्राधिकरणले सन् २०३५ सम्ममा १५ गिगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा यो लगानीले नेपालमा स्वच्छ उर्जा आपूर्तिलाई प्रबद्र्धन गर्नुका साथै भारत र बंगलादेशजस्ता दक्षिण एसियाली मुलुकहरुमा विद्युत निर्यात विस्तार गर्न मद्दत मिल्ने बताइएको छ ।


कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेनले यो व्यापार सम्झौताले नेपालमा दीगो आर्थिक विकासको लागि बेलायतको प्रतिबद्धतालाई उजागर गरेको बताउनुभयो । उहाँले बीआईआईको यो सुविधाले समग्र क्षेत्रका व्यवसाय र घरपरिवारलाई लाभ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।


बीआईआईका दक्षिण एसियाली क्षेत्रीय निर्देशक युसुफले जलवायु वित्तीय लगानीलाई बढावा दिन यो एउटा महत्वपूर्ण अवसर भएको धारणा राख्दै यसले नेपालको व्यवसाय र घरपरिवारलाई सुलभ, भरपर्दो र स्वच्छ उर्जा उपलब्ध गराउन सहयोग पुग्ने बताउनुभयो । उहाँले यो साझेदारीले दीगो विकासलाई प्रवद्र्धन गरी धेरै व्यक्तिको जीवनस्तर सुधार गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले यो साझेदारीले दीगो उर्जातर्फको नेपालको रुपान्तरणलाई तीव्र पार्दै फोसिल फ्युलमाथिको निर्भरता घटाउन, जलवायु परिवर्तनको सामना गर्न र स्थानीय समुदायका लागि दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले उद्घाटन गर्नुभएको युके—नेपाल बिजनेस फोरममा नेपाली नीति निर्माता, नेपाल तथा बेलायतको निजी क्षेत्रका अगुवा, विकास साझेदार, गैरआवासीय नेपाली व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा व्यापारका सम्भावनाबारे आयोजना गरिएको विभिन्न शिर्षकका छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञाबली, युनिलिभर नेपाल लिमिटेडका अम्लान मुखर्जी, एफएनसीसीआई पूर्व अध्यक्ष भवानी राणा, स्टाण्डर्ड चार्टड बैंका प्रमुख कार्यकारी अधिकृत गोरख शम्शेर राणालगायतले प्यानलिष्टको रुपमा सहभागिता जनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register