नेपालमा शाओमी १४ टी स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टी नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा बनाइएको यो स्मार्टफोनले अत्याधुनिक फोटोग्राफी अनुभव र उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिने बताइएको छ । शाओमी १४ टी मा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एआई फिचरहरूको साथमा उच्च प्रदर्शनको सुविधा रहेको छ । यस्तो छ, […]

Feb 19, 2025 - 12:07
 0
नेपालमा शाओमी १४ टी स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टी नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा बनाइएको यो स्मार्टफोनले अत्याधुनिक फोटोग्राफी अनुभव र उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिने बताइएको छ ।

शाओमी १४ टी मा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एआई फिचरहरूको साथमा उच्च प्रदर्शनको सुविधा रहेको छ ।

यस्तो छ, विशेषताहरू 

क्यामेरा प्रणाली

लाइकासँगको सहकार्यमा तयार गरिएको ५० मेगापिक्सेल मुख्य क्यामेरा, १२ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेल टेलिफोटो लेन्स सहितको ट्रिपल क्यामेरा प्रणालीमा शाओमी प्रोफोकस र ६० एफपीएस फोके भिडियो रेकर्डिङ पनि उपलब्ध छ ।

उत्तम प्रोसेसिंग पावर

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरले मल्टीटास्किङ, गेमिङ र दैनिक कार्यहरूमा सहज र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ । ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने दाबी गरिएको छ ।

अल्ट्रा–स्मूथ डिस्प्ले

६.६७ इन्चको एमोलेड डिस्प्ले, १४४ हर्ज रिफ्रेस रेट, ४,००० निट्स पीक ब्राइटनेस र एचडीआर १०+ सपोर्टसहितको डिस्प्लेले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ ।

स्मार्ट एआई फिचरहरू

एआई–पावर्ड फोटोग्राफी मोड, स्मार्ट सिन रिकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधाहरूले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने बताइएको छ ।

सर्वोच्च ब्याट्री पावर र हाइपर चार्ज

५००० एमएएच ब्याट्री र ६७ वाट हाइपर चार्जिङले ४५ मिनेटमै फोनलाई पूरा चार्ज गर्ने सुविधा दिन्छ । मजबुत डिजाइन र सुरक्षा आईपी ६८ रेटिङ भएको यो फोन पानी र धुलोबाट सुरक्षित रहेको छ, जसले २ मिटर गहिराइमा ३० मिनेटसम्म डुब्नुको बाद पनि फोनलाई सुरक्षित राख्छ ।

मूल्य र उपलब्धता

शाओमी १४ टि टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा १२ जीबी + ५१२ जीबी अप्सनमा उपलब्ध हुनेछ र यसको मूल्य ६४,९९९ रुपैयाँ तोकिएको छ । ग्राहकहरूलाई प्रत्येक शाओमी १४ टि स्मार्टफोनको खरिदमा रेड्मी बड्स ६ लाइट निःशुल्क उपलब्ध हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register